पोखरा, १७ फागुन –
पोखरामा पहिलो पटक आयोजना भएकोे विश्व तेक्वान्दो हान्मादाङ्ग प्रतियोगिता २०१६ मा नेपाल च्याम्पीयन भएको छ । कोरीया बाहिर नेपालको पोखरामा तीन दीन सम्म आयोजना भएको उक्त प्रतियोगितामा नेपालले १४ स्वर्ण सहित ७१ पदक हात पार्दै च्याम्पीयन बन्न सफल भएको हो ।
पोखराको प्रर्दशनी केन्द्रमा तीन दिनसम्म चलेको प्रतियोगितामा नेपालले विभिन्न इभेन्टमा १४ वटा स्वर्ण पदक, २० रजत र ३७ कास्य पदक जित्दै उक्त प्रतियोगिताको च्याम्पीयन बन्न सफल भएको हो । ६ स्वर्ण ७ रजत र ८ कास्य पदक जित्न सफल भएको भारत भने दोश्रो भएको । त्यसै गरी मलेसिया तेश्रो स्थानमा रहेको छ । मलेसियाले ३ स्वर्ण एक रजत र एक कास्य पदक जित्न सफल भएको हो ।
बंगलादेशले ३ स्वर्ण र २ कास्य पदक जित्दै चौथो स्थानमा रहयो भने भुटानले २ मात्र कास्य पदक जितेको छ । प्रतियोगितामा नेपाल सहित ५ देशका करीब ७ सय ३० जना खेलाडीहरु सहभागि भएको कास्की जिल्ला तेक्वन्दो संघका अध्यक्ष एवं हानामादाङ सचिवालय सचिव जगन गुरुङ्गले बताए । कोरीयामा हरेक बर्ष आयोजना हुदै आएको उक्त प्रतियोगिता पहिलो पटक नेपालको पोखरामा आयोजाना पाएकोमा आफुहरुले भव्यताका साथ सम्पन्न गराउन सफल भएको सचिव गुरुङले दाबी गरे । उनले भने “यस प्रतियोगिता सम्पन्न गराउन सहयोग गर्नुहुने सम्पुर्ण व्यक्ति तथा संस्थाहरुलाई धन्यवाद दिन चाहान्छौं, आगामी बर्ष पनि यस्ता अन्तराष्ट्रिय स्तरका प्रतियोगिताहरु सम्पन्न गराउन साथ र सहयोगको अपेक्षा गर्दछौं ।”
विजयी खेलाडीहरुलाई नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाश शम्सेर राणा, सदस्य मदन केसी, सल्लाहकार रत्नमान गुरुङ, हानामादाङ सचिवालय सचिव जगन गुरुङ्ग, प्रचार संयोजक तेजबहादुर गुरुङ, क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेल, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष याम बहादुर गुरुङ, नेपाल वास्केटवल संघका केन्द्रीय उपाध्यक्ष जुमप्रसाद गुरुङ, खेलकुद पत्रकार मञ्च कास्कीका कार्यवाहक अध्यक्ष सन्देश श्रेष्ठ, सचिव दिननाथ बराल, खेल पत्रकार नारायण शाई, तुल्सी सुवेदी, परशुराम शर्मा, फोटो पत्रकार उमेश पुन लगायतले पुरस्कार वितरण गरेका थिए । प्रतियोगितामा ८ देखि ५९ बर्ष उमेर समुहका खेलाडीहरु सहभागि भएका थिए ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution