पोखरा, १७ फागुन –
पोखरामा सम्पन्न प्रथम राष्ट्रिय भेलाले लमजुङका सुवेदार मेजर खेमजङ्ग गुरुङको अध्यक्षतामा ३७ सदस्यीय केन्द्रीय तदर्थ समिति गठन गरेको छ ।
सधै लड्यौं अरुको लागि, अब लडौं आफ्नै लागि भन्ने नाराका साथ पोखरा सभागृहमा भेलाले समितिको उपाध्यक्षहरुमा क्याप्टेन मेकबहादुर गुरुङ(कास्की), क्याप्टेन डिलबहादुर थापा मगर(स्याङ्जा) र रामलखन यादव(तराई मधेश) चयन हुनु भएको छ। यसरी नै सदस्यहरुमा ओमबहादुर गुरुङ(कास्की), समर राई(झापा), क्या.नरेश थापा(स्याङ्जा), भक्तबहादुर विक(बाग्लुङ), मदन बस्याल नेपाली(नतहुँ), तेजबहादुर गुरुङ(गोरखा), उमर गुरुङ(काठमाडौं), छविलाल थापा(नवलपरासी), कुलबहादुर गुरुङ(ताप्लेजुङ), निरबहादुर राई(झापा), मनबहादुर गुरुङ(तनहुँ), तुलबहादुर गुरुङ(पाचथर), धर्मराज गुरुङ(कास्की), विजयबहादुर श्रेष्ठ(मकवानपुर), चन्द्रबहादुर गोले(मकवानपुर), सुवेदार हरिमान तामाङ(लमजुङ), हर्कनारायण राई(धनकुटा), जादुमान राई(ओखलढुंगा), ई.मानकाजी गुरुङ(कास्की),सु. सुर्दशन गुरुङ(कास्की), जयमान राई(सुनसरी), निरबहादुर थापा(बाग्लुङ), सु.कुलबहादुर भुजेल(कास्की), जङ्गबहादुर गुरुङ(कास्की), केशव दाहाल (खोटाङ), विष्णु दनुवार(उदयपुर) जसबहादुर थापा(नवलपरासी), क्या.भिमबहादुर थापा(स्याङ्जा), मे.कोमलसिंह गुरुङ(कास्की), जनक विष्ट(उदयपुर) चयन हुनुभएको छ ।
नवनिर्वाचित समितिलाई कार्यक्रममा प्रमुख अतिथि संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सपथ ग्रहण गराउनुहुदै बधाई ज्ञापन गर्नु भएको थियो । समितिको नाम संघीय समाजवादी फोरम कास्कीका अध्यक्ष दीपक तामाङले घोषणा गर्नुभएको थियो ।
भेलाले पुर्व सैनिक तथा प्रहरीका हकहित लगायत आम जनताका चासो एवं अधिकार समेटिएको २७ बुँदे तमुवान पोखरा घोषणापत्र जारी गरेको छ । घोषणापत्र संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य तथा पुर्व सैनिक तथा प्रहरी सह इञ्चार्ज महेन्द्रमान राईले घोषणा पत्र प्रस्तुत गर्नुभएको थियो ।
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले दीप प्रज्वलन गर्दै उद्घाटन गर्नुभएको थियो ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution