धर्मकाया बुद्ध मण्डला निर्माण सहयोगी विदेशी विशिष्ट प्राविधीक टोलीको बिदाई

पोखरा, १९ फागुन –

पोखरा उपमहानगरपालिका वडा नं. २१ काहुँडाडामा निर्माण हुने धर्मकाया बुद्ध मण्डला निर्माण सहयोगार्थ प्रारम्भिक अध्ययनका लागि आउनु भएका विदेशी विशिष्ट प्राविधीक टोलीको बुधवार विहान धर्मकाया मण्डला विकास तथा व्यवस्थापन समितिले विदाई गरेको छ ।

मण्डला विकास तथा व्यवस्थापन समितिका संरक्षक तथा सहयोग संकलनका अभियन्ता भिक्षु साङ्पा रिम्पोछेको पहलमा मित्र राष्ट्र चीन र सिंगापुरबाट आउनु भएका प्राविधीक टोलीलाई पोखरा ३ नदिपुरस्थित धर्मशीला बुद्ध विहारमा एक कार्यक्रम आयोजना गरी धर्मकाया मण्डला विकास तथा व्यवस्थापन समितिका अध्यक्ष रुद्रकुमारी गुरुङ(मैना)ले खादा, धर्मोदय दायक सभाका कृष्णमान गुभाजु, सद्र्धम सभाका भरतराज शाक्यले माला लगाएर समितिको तर्फबा विदाई गरिएको हो ।

विदेशी विशिष्ट प्राविधीक टोलीमा चीनकी प्रसिद्ध मुर्तिकार मी र सिंगापुरका प्रसिद्ध डिजाइनर क्यारिङको नेतृत्वमा आउनु भएको ७ सदस्यीय इञ्जियिर र मुर्तिकार रहनुभएको थियो ।

buddha 4

उक्त विदेशी विशिष्ट प्राविधीक टोली भिक्षु साङ्पा रिम्पोछे सहित बुद्धको जन्मस्थल लुम्बिनी अवलोकन भ्रमणमा प्रस्थान गरेको छ । लुम्बिनी भ्रमण पश्चात काठमाडौंमा रहेका बुद्ध मुर्तिहरुको अवलोकन गर्ने कार्यक्रम रहेको धर्मकाया बुद्ध मण्डला विकास तथा व्यवस्थापन समितिका सचिव राजबहादुर गुरुङले जानकारी दिनुभयो ।

धर्मकाया बुद्ध मण्डला निर्माणका लागि नेपाल सरकारको नीति तथा कार्यक्रमबाट समेत स्विकृत भई जनसहभागीतामा निर्माण गरिने जिल्ला विकास समिति कास्कीबाट कास्की गौरब र पोखरा उपमहानगरपालिकाबाट पनि विशेष सहयोगको पहल भईरहेको छ ।
साँस्कृतिक, धार्मिक, पर्यटकीय केन्द्र स्थापित गर्न काहुँडाडामा जनसहभागीतामा डेढ अरबको लागतमा संसारकै सबैभन्दा अग्लो २६५ फिटको बुद्ध मुर्ति सहित बुद्ध भण्डला निर्माणको योजना अभियानका साथ थालनी भएको छ । हाल सम्मको संसारमा सबै भन्दा अग्लो २४० फिटको बुद्ध मुर्ति भुटानमा चिनीया प्रसिद्ध मुर्तिकार मीले नै बनाउनुभएको हो ।

मुर्तिकार मीले चाइनामा रहेका करिब ९० प्रतिशत बुद्ध मुर्ति र दक्षिण एशियाका अधिकांश मुर्तिहरु निर्माण गर्नुभएको भिक्षु साङ्पा रिङ्पोछेले जानकारी दिनुभयो ।

सोमवार पोखरा आइपुगेको विशिष्ट टोलीले पोखरामा डकुमेन्ट्री प्रर्दशन गरिएको थियो भने दुईदिन सम्म धर्मकाया बुद्ध मण्डला निर्माण स्थल काँहुडाडामा सर्वेक्षणमा जुट्नु भएको थियो । काँहु पुग्दा काँहुबासीले पञ्चैवाजासहित धुमधामका साथ स्वागत गरेको धर्मकाया बुद्ध मण्डला विकास तथा व्यवस्थापन समितिका अध्यक्ष रुद्रकुमारी गुरुङ मैनाले जानकारी दिनुभयो ।

तीनदिने पोखरा बसाईमा उक्त टोलीलाई रेष्टुरेण्ट एण्ड बार एशोसियसन रेबान पोखरा, बुद्धजयन्ती मुल समारोह समिति, पोखरा उपमहानगरपालिका लगायतका संस्थोले स्वागत तथा भोजको व्यवस्था गरेको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button