पितृ उद्धारकोलागी खानेपानी व्यवस्थापन

  • पोखरा न्यूज
  • २०७२ फागुन १९
Post Thumbnail

पोखरा, १९ फागुन –

पोखरा १० रामबजारका समाजसेवी जोगमाया गुरूङ र उनका छोरा राजेश गुरूङले संयुक्त रूपमा नवलपरासीको एक विधालयमा खानेपानीे व्यवस्थापनका लागी सहयोग रकम हस्तान्त्रण गरेका छन ।

नबलपरासीको दुम्कीबासमा रहेको अहिंसाबादी महाबौद्ध अनाथ नि मा वि लाई सम्पूर्ण पितृ उद्धारकोलागी बुधबार विधालयकी प्रधानाध्यापक सानीमाया पाख्रिनलाई खानेपानी व्यबस्थापनका लागी ३ लाख ५० हजार हस्तान्त्रण गरेका हुन ।

गुरूङ धार्मिक भ्रमणको क्रममा उक्त विधालय पुग्दा खानेपानीको समस्या देखेपछि पितृ उद्धारका लागि सानै भएपनि सहयोग गरिएको बताइन ।

२०५५ सालमा स्थापना भएको विधालयमा अनाथ,गरिव तथा विपन्न वर्गका १४० जना विधार्थी अध्यनरत रहेको र खानेपानी अभाब हुँदा निकै टाढावाट गाग्रीमा पानी बोकेर ल्याउनुपर्ने अबस्थाको अब भने अन्त्य हुने विधालयकी प्रधानाध्यापक पाख्रिनले बताइन । उनले विधालयमा खानेपानी व्यबस्थापनसंगै कैलाशबाबा धाम, देबी मन्दिर वन , र बौद्ध धर्मवनमा पुग्ने हजारौं भक्तजनहरुपनि लाभान्वित हुने वताइन ।

विभिन्न सामाजिक गतिविधिमा सहयोग गरिरहेका गुरूङले आगामी दिनमा पनि विधालयको भौतिक पुर्वाधार निर्माणमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस