डा. भट्टराईले भ्रष्टाचार र महिला हिंसा बिरुद्ध अभियान सञ्चालन गर्ने

  • पोखरा न्यूज
  • २०७२ फागुन २०
Post Thumbnail

पोखरा, २० फागुन –

नयाँ शक्ति अभियानका संयोजक डा.बाबुराम भट्टराईले भ्रष्टाचार र महिला हिंसाबिरुद्ध अभियान सञ्चालन गर्ने बताएका छन । नयाँ शक्ति प्रचार अभियान कास्कीले पोखरामा आज (विहीबार) आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले जिल्ला जिल्लामा हेल्प डेस्क स्थापना गरेर भ्रष्टाचार र महिला हिंसाबिरुद्ध अभियान सञ्चालन गर्ने तयारी गरेको बताएका हुन।

कार्रवाही  चाहि कस्तो हुन्छ भन्ने पत्रकारको प्रश्नमाउनले भने “हामीले भ्रष्टाचारीलाई द्वन्द्व कालमा  गरेको भन्दा फरक ढंगले कारवाही गर्दछौं, सरकारको कानुनी दायरामा ल्यायर उनीहरुलाई सजाय दिलाउछौं । ” केही दिन अघी एमाओवादी अध्यक्ष प्रचण्डले भट्टराईलाई गोर्खाबाट अब चुनाव जितेर देखाउन चुनौति दिएको विषयमा डा.भट्टराईले गोर्खाली जनताले प्रचण्डलाई आफूबिरुद्ध चुनाव लडेर जित्न आग्राह गरे । भट्टराईले नयाँशक्ति वैकल्पिक राजनीतिक शक्तिका रुपमा स्थापित हुने विश्वास व्यक्त गरे । उनले मुलुकविकास र आर्थिक समृद्धिको चरणमा प्रवेश गरेकाले त्यसका लागि नयाँशक्ति निर्माण गरिएको स्पष्ट पारे । उनले एक लाख सदस्य बनायर खुल्ला मञ्चबाटै नयाँ शक्तिलाई संस्थागत रुपमा स्थापीत गर्ने समेत बताए ।

बर्षको दुई पटक मात्र समुहमा चन्दा संकलन गर्ने भएको बताए । वैशाख र कात्तिकमा बर्षको दुई पटक ६-६ महिनामा समुहमा मात्र चन्दा संकलन गर्ने बताएका हुन । उनले भने “ चन्दा संकलन अभियानमा कोहि पनि एक्लाएक्लै हिड्दैनन् बर्षको दुई पटक मात्र हिडीन्छ त्यसमा पछि कसैलाई कर काप गरीदैन, संस्थाबाट एक वर्षमा २० लाख र व्यक्तिबाट बर्षमा ५० हजार भन्दा माथि चन्दा हामी लिदैनौं ।”१० हजार भन्दा बढीचन्दालिनुपरे बैंकमार्फत जानेर आर्थिक संकलन सम्बन्धि नीति सार्वजनिक गरि सकिएकाले यसमा आफुहरुले वेवसाइृडबाटै पनि सार्वजनीक गर्ने उनले बताए । आर्थिक संकलन खुल्ला र पारदर्शि हुने संयोजक भट्टराईले जनाए।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस