पोखरा, २० फागुन –
खेलकुदको शहर पोखरामा शनिबार आयोजना हुने ‘सफल अन्र्तराष्ट्रिय पोखरा म्याराथन’को तयारी अन्तिम चरणमा पुगेको छ। म्याराथनमा ५० जना धावक सहित सहित रन फर रनमा करीब एक हजार जना सहभागि हुने तयारी अन्तिम चरणमा पुगेको विहिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।
४२.१९५ किलोमिटर म्याराथन दौडमा तेश्रो रोजाइका धावकहरु सहभागि हुने भएको आयोजक भूतपूर्व खेलाडी मञ्च नेपालका अध्यक्ष खड्ग बहादुर रानाभाटले बताए । हालै सम्पन्न भएको साग र नेपाल आर्मीको केहि समय पछि आयोजना हुने म्याराथन दौड प्रतियोगिताको कारणले गर्दा उक्त प्रतियोगितामा सहभागि नहुने तेश्रो रोजाईका खेलाडीहरु सहभागि हुने भएको उनले बताएका हुन । म्याराथन प्रतियोगितामा भाग लिएको खेलाडीले कम्तीमा ३ महिना भाग नलिने हुदा तेश्रो रोजाईका खेलाडीहरु यस पटकको म्याराथनमा सहभागि हुने भएका हुन । म्याराथन र विभिन्न दौड तथा रन फर रन सहितमा गरी करीब एक हजार भन्दा बढी धावकहरु सहभागि हुने भएको आयोजकले जनाएको छ । प्राविधिक देखि स्वयमसेवक हुदै सडकमा पिउने पानीको समेत व्यबस्था मिलाएको प्रथम उपाध्यक्ष तेज बहादुर गुरुङले बताए ।
देशका विभिन्न ठाँउका सहित विदेशीहरु समेत सहभागि हुने उनले जनाए । करीब ५ बर्ष जसो पोखरामा प्रायोजकको अभावमा संचालन हुन नसकेको पोखरा म्याराथन सफल दुधले साथ दिए पछि पुनः संचालन हुने भएको हो। मुख्य प्रायोजकको अभावमा हुन नसकेको पोखरा म्याराथनलाई सफल दुधले १० लाख बराबरको सहयोग गर्ने भएको हो । सम्झौतामा हरेक वर्ष सफल डेरीले भूतपूर्व खेलाडी मञ्चलाई १० लाख बराबरको सहयोग गर्ने भएको छ । जसअनुसार ७ लाख प्रचारप्रसारका लागि खर्चिने र ३ लाख रुपैयाँ मञ्चलाई नगद दिने भएको प्रथम उपाध्यक्ष गुरुङले बताए । प्रतियोगिता आयोजना गर्न करीब १६ लाख खर्च हुने अनुमान गरिएको आयोजकले जनाएको छ ।
विद्यालय स्तरीय छात्रतर्फ ५ किलोमिटर दौडमा २ सय जना र छात्रा तर्फको ५ किलोमिटर दौड प्रतियोगितामा एक सय ७५ जना सहभागि हुने भएको महासचिव हरि प्रसाद पराजुलीले बताए । ४ सय मिटर ह्विल चियर महिला÷पुरुष दौडमा दुबै तर्फ ८-८ जना सहभागि हुने गरी हालसम्म दर्ता गराएको पराजुलीले जनाए । प्रतियोगितामा म्याराथनमा प्रथम हुनेलाई ६० हजार, द्वितीय हुनेलाई ४० हजार, तृतीय हुनेलाई २५ हजार र चौथो हुनेलाई ४ हजार नगदसहित ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ । त्यस्तै, विद्यालय स्तरीय ५ किलोमिटर छात्र-छात्रा दौड प्रतियोगितामा प्रथम हुनेलाई ७ हजार, द्वितीय हुनेलाई ५ हजार र तृतीय हुनेलाई ३ हजार तथा ह्विल चियर महिला-पुरुष दौडमा प्रथम हुनेलाई ३ हजार, द्वितीयलाई २ हजार र तृतीय हुनेलाई १ हजार प्रदान गरिने जनाइएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution