रिमझिम दोहोरी साँझले विविध कार्यक्रमका साथ आफ्नो प्रथम वार्षीकोत्सव मनाउने

  • पोखरा न्यूज
  • २०७२ फागुन २१
रिमझिम दोहोरी साँझले विविध कार्यक्रमका साथ आफ्नो प्रथम वार्षीकोत्सव मनाउने

पोखरा, २१ फागुन –

पोखराको विरौटामा गत वर्षबाट सञ्चालनमा आएको रिमझिम दोहोरी साँझले विविध कार्यक्रमका साथ आफ्नो प्रथम वार्षीकोत्सव मनाउने भएको छ । दोहोरी साँझले पोखरामा पत्रकार सम्मेलनको आयोजना गरेर दिएको जानकारी अनुसार वार्षीकोत्सवको अवसरमा एकहप्तासम्म चर्चीत कलाकारको साथमा विशेष कार्यक्रमको आयोजना हुने छ । प्रथम वार्षिकोत्सबको अबसरमा सञ्चालन गरिने विशेष सांगितिक साझ २०७२ शुक्रवारबाट सुरु भएको छ । फागुन २७ गतेसम्म सञ्चालन गरिने यो कार्यक्रममा राष्ट्रिय तथा स्थानिय कलाकारको सहभागिता रहने कार्यक्रम संयोजक समेत रहेका वरिष्ठ लोकदोहोरी गायक पुरुषोत्तम न्यौपानेले जानकारी दिए ।

कार्यक्रममा चर्चित राष्ट्रिय कलाकार कोमल वली, पुरुषोत्तम न्यौपाने , रामभक्त जोजीजु, रमेश विजी, कुमार पुन, जुना श्रीस मगर, राधिका हमाल, निता पुन, शंकर विरही गुरुङ लगायतको प्रस्तुती रहनेछ । ‘वार्षिकोत्सवको अबसरमा दोहोरी साँझले ग्राहकलाई १० प्रतिशत छुट दिने उनले बताए ।

यसैबिच दोहोरी साँझले वार्षीकोत्सवको अवसरमा मौलिक लोक सास्कृतिको क्षेत्रमा कमल चलाउने पत्रकार राजाराम पौडेललाई सम्मान गर्ने भएको छ । फागुन २३ गते हुने कार्यक्रममा लोकदोहोरी गायीका कोमल वलीको हातबाट प्रेस चौतारी कास्कीका कोषाध्यक्ष तथा चलचित्र पत्रकार संघ कास्कीका उपाध्यक्ष समेत रहेका पौडेल सहित दोहोरी क्षेत्रमा निरन्तर लागिरहेका लोकदोहोरी गायक श्रीराम अधिकारीलाई सम्मान गरिनेछ । साथै दोहोरीका उत्कृष्ठ कर्मचारीको रुपमा गायक गगन गुरुङ र राम्रो सेवा प्रदान गर्ने कर्मचारी मनिषा श्रेष्ठलाई सम्मान गरिने भएको न्यौपाले बताए । उनीहरुलाई सम्मानपत्र सहित नगद ३ हजार ३ सय ३३ रुपैया प्रदान गरिने उनको भनाइ छ ।

२०७१ साल फागुन २२ गतेबाट पिताम्बर भण्डारी, पुरुषोत्तम न्यौपाने, श्रीराम वराल, ईश्वर श्रेष्ठ, प्रेमलाल पाण्डे, कुमार पुन, नविन आले र जानुका भट्टराईको संयुक्त लगानिमा पोखराको विरौटामा दोहोरी साँझ सञ्चालनमा आएको हो । दोहोरी सञ्चालन गर्न ९४ लाख लगानी लागेको सञ्चालक न्यौपानेले बताए । दोहोरी साँझमा १६ कलाकार सहित ३५ जना कर्मचारी कार्यरत रहेका छन् । नियमित कलाकारको रुपमा पुरुषोत्तम न्यौपाने, कुमार पुन, गगन गुरुङ, श्रीराम अधिकारी, बुद्धि थापा, होम नेपाली, सपना वि.क., प्रेमा मगर, रजनि मगर, सञ्जु थापामगर, उषा पुन, राजेन्द्र परियार, विमल गायक, अनुप गुरुङ, जितेन्द्र सेन्चुरी, मदन गिरीले साँझमा दैनि प्रस्तुती राख्ने गरेको उनले बताए ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस