सुरु भयो पोखरामा राष्ट्रिय औधोगिक व्यापार मेला

  • पोखरा न्यूज
  • २०७२ फागुन २१
सुरु भयो पोखरामा राष्ट्रिय औधोगिक व्यापार मेला

पोखरा, २१ फागुन –

अर्थ मन्त्री विष्णु पौडेलले पोखरामा निर्माणधिन अवस्थामा रहेको क्षेत्रिय अन्र्तराष्ट्रिय विमान स्थलको निर्माण कार्य छिटो हुने बताउनु भएको छ ।

शुक्रवार देखि पोखरामा शुरु भएको राष्ट्रिय औधोगिक व्यापार मेला–२०७२ को उद्घाटन गर्दै मन्त्री पौडेलले विमान स्थल निर्माण कार्य सरकारको मुख्य प्राथमिकता भएको बताउँदै यसको लागी ऋण सम्झौता बाहेक अन्य सवै प्रक्रिया पुरा भएको र केहि हप्ता भित्रै ऋण सम्झौता हुने बित्तिकै शिलन्यास हुने बताउनु भयो ।उहाँले भन्नु भयो “सिलन्यास गर्नु ठुलो कुरा होईन , शत प्रतिशत ऋण सम्झौता हुने हामी आशावादी छौं तर औपचारीक रुपमा भए पछि मात्र गर्दा राम्रो हुने भएकोले राम्रो अवसरको खोजिमा हामीले शिलन्यासको काम ढिलो हुने भएकोे हो । ” पोखरा विमान स्थलको काम ठयाक्कै यो मितिमा शिलन्यास हुन्छ भनेले आफुले नभन्ने जनाउनु भएका मन्त्री पौडेलले जति सक्दो छिटो निमार्ण गर्ने सरकार रहेको प्रष्ट पार्नु भयो । पोखरामा कुनै गायक तथा साहित्यकारले पोखरामा विमानस्थल कहिले बन्छ भन्ने प्रश्नको व्यङग्य पनि गर्न नपर्ने उहाँको भनाई थियो । हाल नेपालमा अन्तराष्ट्रिय स्तरको काठमाण्डौमा मात्र विमानस्थल भएकोले लुम्बीनि, निजगण समेतमा विमानस्थल निमार्ण कार्य द्रूतगतिमा भएको उहाँले बताउनु भयो ।

artha mantra

एक फरक प्रसंङ्गमा मन्त्री पौडेलले राजनितिकको लागी धेरै राजनिति भएको र अब विकासको राजनिति गर्नुपर्ने उल्लेख गर्नुभयो । प्राकृतिक रुपले पोखरा सुन्दर रहेको र यसको सुन्दरलाई बचाइ राख्न कंक्रिट नभई व्यवस्थित रुपले बस्ती विकास गर्नुपर्ने बताउनुभयो । घर घरमा व्यक्ति व्यक्तिबाट राजनीतिक भएकोले अब सबैको ध्यान आर्थिक समृद्धि र विकासमा केन्द्रीत हुनु पर्ने बताउदै मन्त्री पौडेलले जारी नेपालको संविधान उत्कृष्ट भएकोले त्यसलाई कार्यन्वयन गर्नुपर्ने बताउनु भयो । उहाँले भन्नु भयो “ विषम परिस्थितिका बाबजुत पनि हामीले वार्ताबाटै निकास दिन्छौं, सवैलाई समेटर अघि बढ्न चाहेका छौं, हाम्रो संविधान गति शिल दस्तावेज हो । ”

त्यस्तै संम्सदीय विकास समितिकाअध्यक्ष रविन्द्र अधिकारीले पोखरामा निर्माण गर्ने भनिएको अन्र्तराष्ट्रिय स्तरको सभाहल निर्माणको लागी प्रस्ताव भएको १८-१९ महिना विति सकेको बताउँदै पोखरा उद्योग वाणिज्य संघको पहलमा २-३ महिना भित्रमा निर्माण कार्य सुरु नभए उक्त सभाहल पोखरामान वन्ने चेतावनी दिनु भयो ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्द राज मुल्मीले मेला र महोत्वलाई परम्परागत भन्दा पनि समय सापेक्ष परिवर्तन गर्दै लैजानुपर्ने बताउनुभयो । उहाँले ५ महिना लामो नाकाबन्दीले उद्योगी व्यवसायीहरुले ठुलो घाटा व्यहोर्नु परेको भन्दै बजेट प्रस्तुत गर्दा सरकारले यसमा ध्यान दिनुपर्ने बताउनु भयो । पूर्व अध्यक्ष मुल्मीले व्यवसायीहरु सवैलाई करको दायरमा ल्याउनुपर्ने उल्लेख गर्नुभयो ।नेपाल अटो मोवाइल्स डिलर्स एसोशिएसनका केन्द्रिय उपाध्यक्ष धु्रव बहादुर थापाले भूकम्प र नाकावन्दीको प्रभाव अटो क्षेत्रमा धेरै परेको दाबी गरे । उनले भने “गत बर्षको तुलनामा ५० प्रतिशतले अटोको कारोवारा गिरावट आएको छ । ”

यसै बिच उक्त औधोगिक व्यापार मेलासंगै सुरु भएको क्यान ईन्फटेक मेलाको समेत मन्त्री पौडेलले उद्घाटन गरी स्टलहरु अवलोकन गर्नु भएको थियो ।

संघका अध्यक्ष विन्दुकुमार थापाको अध्यक्षतामा भएको कार्यक्रममा क्यान कास्कीका अध्यक्ष चिन्ता मणि बास्तोला, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवाली, राष्ट्रिय लोक तथा दोहोरी गित गायक प्रजापति पराजुली, संघका महासचिव रविन्सन प्रजु लगायतले बोलेका थिए ।मेलामा सुचना प्रविधिका ७८ सहित अटो, कृषि, हस्तकला लगायत ३ सय ६ वटा स्टल रहेका छन् । आगामी चैत १ गते सम्म चल्ने उक्त महोत्सवमा लोक दोहोरी प्रतियोगिता, पप कन्र्सट वाल उद्यान हास्यकलाकारको समेत प्रस्तुती रहने र ३ लाख दर्शकले महोत्सवको अवलोकन गर्ने आयोजकले जनाएको छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस