कञ्चन बचत तथा ऋण सहकारी संस्था लि.शैक्षिक अवलोकन भ्रमणमा

  • पोखरा न्यूज
  • २०७२ फागुन २३
Post Thumbnail

पोखरा, २३ फागुन – 

पोखरा उपमहानगरपालिका वडा नं.५ मालेपाटन स्थित कञ्चन बचत तथा ऋण सहकारी संस्था लि.का शेयर सदस्यहरु नेपालको पश्चिम क्षेत्र एवं भारतका केही महत्वपूर्ण शहर एवं धार्मिक स्थलमा भ्रमण र गर्ने भएका छन् ।

फागुन २४ गतेदेखि २९ गतेसम्म हुने भ्रमणमा ३६ जनाको सहभागिता रहनेछ । संस्थाले २०७१ सालमा नेपालको पूर्व भाग इलाम झापा भ्रमण गराएको थियो ।

सहकारीका शेयर सदस्यहरुको यस्ता भ्रमणले सदस्यहरुबीच आपसी एकता तथा नयाँ विकसित क्षेत्रको भ्रमणले जीवनमा प्रगतिका लागि उर्जा थप्ने विश्वास संस्थाका अध्यक्ष शिव प्रसाद अर्यालले बताए ।

प्रत्येक वर्ष देशका पर्यटकीय प्राकृतिक एवं कृषि शहरी क्षेत्रको भ्रमणले सहकार्य र सहकारीको महत्व बढाउने विश्वास शैक्षिक उपसमितिका संयोजक धन बहादुर नेपालीले जानकारी दिए ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस