फागुन २५ गते मंगलबार विग आइकनको ग्राण्ड फिनाले हुँदै

पोखरा, २४ फागुन –

करिब साढे दुई महिनाको अडिसन पश्चात फागुन २५ गते मंगलबार विग आइकनको ग्राण्ड फिनाले हुँदैछ । आयोजक विग एफएमले विहान ११ बजेदेखि विग आइकनको ग्राण्ड फिनाले पोखरा सभागृहमा संचालन हुने जानकारी दिएको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

‘विग आइकनको ग्राण्ड फिनालेको लागि सम्पूर्ण तयारी पुरा भैसकेको छ ।’ विग एफएमका अध्यक्ष महेश भण्डारीले भने–‘अघिल्ला सँस्करणका विग आइकनको ग्राण्ड फिनालेको तुलनामा यो पटक दर्शक तथा स्रोताहरुले फरक स्वाद पाउनेछन् ।’ यो पटकको विग आइकनको ग्राण्ड फिनालेलाई व्यवस्थापनको हिसाबले चुस्त बनाउनुसँगै पर्फमेन्सको हिसाबले पनि उत्कृष्ट बनाउने एफएमले जनाएको छ ।

विग आइकनको छैठौँ सँस्करणको ग्राण्ड फिनालेमा चर्चित अभिनेत्री करिश्मा मानन्धर विशेष आकर्षण हुने भएकी छन् । ‘सँधै जस्तो विग आइकनको ग्राण्ड फिनालेमा चर्चित सेलिब्रिटिलाई प्रमुख अतिथीको रुपमा ल्याउने क्रममा यो पटक हामीले अभिनेत्री करिश्मा मानन्धरलाई ल्याउन लागेका हौँ ।’ विग एफएमका कार्यक्रम सँयोजक संजोग बस्यालले जानकारी दिए ।

एफएमले यसअगाडि राजेश हमाल, रेखा थापा, हरिवंश आचार्य, लगाएतका सेलिब्रिटीलाई विग आइकनको प्रमुख अतिथी बनाईसकेको छ । पछिल्लो पटक ‘फागु’ निर्माण गरि चर्चामा रहेकी करिश्मा पनि विग आइकनलाई लिएर निकै उत्साहित छिन् । ‘देश विदेशमा प्रतिष्ठित रहेको विग आइकनमा मेरो सहभागितालाई लिएर म निकै खुशि छु ।’ करिश्माले भनिन्–‘विग आइकनको भव्य सफलताको पनि कामना गर्दछु ।’ करिश्मा मानन्धर लामो समय यता नेपाली फिल्म उद्योगमा सक्रिय छिन् । फिल्म अभिनयसँगै निर्माणमा पनि हात हालेकी करिश्माको क्रेज अझै पनि निकै राम्रो छ ।

विग आइकनको यो सँस्करणमा कुल ४२ जिल्लाका सय ३ जना प्रतिभाहरुले सहभागिता जनाएका थिए । ग्राण्ड फिनालेमा यो पटक चार जना भिड्दैछन् । चितवनका साजन आले, बागलुङकी अम्बिका पुन, गोरखाकी अनु गुरुङ र पोखराकी सृष्टि गुरुङ विग आइकनका फाईनलिस्ट हुन् ।

विग आइकन हुनेले १ लाख ७५ हजार रुपैयाँ बराबरको स्कुटर र बेलायतको साँगीतिक भ्रमणको अवसर पुरस्कार स्वरुप प्राप्त गर्नेछन् । त्यस्तै दोस्रो हुनेले ७५ हजार र तेस्रोले ५० हजार रुपैयाँ पुरस्कार स्वरुप प्राप्त गर्ने एफएमले जनाएको छ । विग एफएमले चार जना प्रतिस्पर्धी फाईनलमा पुगेकोले यो पटक सान्तवना पुरस्कारको समेत व्यवस्था गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button