पोखरामा दृष्टिविहिन क्रिकेट प्रतियोगिता सुरु

  • पोखरा न्यूज
  • २०७२ फागुन २४
Post Thumbnail

पोखरा, २४ फागुन –

नेत्र हिन क्रिकेट संघ कास्कीको आयोजना संघ केन्द्रको विषेश सहयोगमा सोमबार देखि पोखरामा प्राईम बहुउद्धेश्य सहकारी क्षेत्रिय दृष्टिविहिन क्रिकेट प्रतियोगिता सुरु भएको छ ।

आयोजक नेत्र हिन क्रिकेट संघ कास्कीले पहिलो श्रृखला आफ्नो कब्जामा पार्न सफल भएको छ । पोखरा रंगशालाको क्रिकेट मैदानमा सोमबार देखि सुरु भएको उक्त प्रतियोगितामा कास्कीले नेत्र हिन क्रिकेट संघल बाँकेलाई ७ विकेटले पराजित गर्दै पहिलो श्रृखला आफ्नो पोल्टामा पार्न सफल भएको हो ।

पहिला टस जितेर पनि व्याटिङको निम्तो दिएको कास्कीले तीन दिनको उक्त खेलमा एक दिनको खेलमा जित दर्ता गरेको हो । पहिला व्याटिङमा उत्र्रिएको बाँकेले ७ विकेटको क्षेतीमा १ सय ६२ रनको योगफल तयार पारेको थियो । १ सय ६३ रनको लक्ष्य पाएको कास्कीले भने मात्र ३ विकेटको क्षेतिमा १५ ओभर खेल्दै लक्ष्य पुरा गर्न सफल भएको हो । खेलमा म्यान अफ दी म्याच कास्कीका लोक बहादुर थापा घोषित भए । उनले दुई विकेट लिदै २४ रनको योगदान दिएका थिए । मुख्य प्रायोजक प्राईम सहकारी संस्था रहेको छ भने नेत्र हिन क्रिकेट संघ केन्द्रले समेत सहयोग गरेको छ ।

नेत्र हिन क्रिकेट संघ कास्कीले आयोजना गरेको उक्त प्रतियोगिता बी वान आँखा नदेख्ने, बी टु ५ मिटरसम्मको बस्तु तथा आकार छुट्टाउने र बी थ्री १० मिटर नजिकको बस्तु तथा आकार पहिचान गर्न सक्ने खेलाडीहरु सहभागि भएको संघ कास्कीका सचिव सुर्य भट्टराईले बताए । दृष्टिविहिन खेलाडीहरुले कडा प्रकृतिको वल प्रयोग हुन्छ । बल जमिनमा गुडाउदा दृष्टिविहिनहरुलाई आवाज सुनाउनको लागि वल भित्र आवाज आउने गरी केहि गेडाहरु राखिएको हुन्छ ।

यसै बिच, संघ केन्द्रका अध्यक्ष पवन घिमिरेले उक्त प्रतियोगितको उद्घाटन अम्पायर भोज बराललाई बल र व्याट दिएका गरेका हुन । कार्यक्रममा बोल्दै उनले यस प्रतियोगिताबाट प्रि–वल्र्ड कप दृष्टिविहिन क्रिकेटको खेलाडी छनौटको लागि समेत हुने भएको बताए । आगामी नोवेम्वरमा भारतमा दृष्टिविहिन क्रिकेटको वल्र्ड कप हुने भएको छ । संघ कास्कीका अध्यक्ष निलकण्ठ तिमिल्सिनाको अध्यक्षतामा उद्घाटन सत्र सम्पन्न भएको हो ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस