पश्चिमाञ्चलका पाँच जिल्लामा हात्ति पाइले रोग बिरुद्धको औधषी खुवाउने तयारी

  • पोखरा न्यूज
  • २०७२ फागुन २५
Post Thumbnail

पोखरा, २५ फागुन –

हात्तिपाइले रोग निवारणको लागि यही फागुन २९ गते देखि पश्चिमाञ्चलका पाँच जिल्लामा हात्ति पाइले रोग बिरुद्धको औधषी खुवाउने तयारी भएको छ । पश्चिमाञ्चल क्षेत्रका बाग्लुङ, लम्जुङ, पर्वत, म्यादी, र कपिलबस्तुमा चैत्र १ गतेसम्म यो अभियान सञ्चालन गर्न लागेको पश्चिमाञ्चल स्वास्थ्य निर्देशनालय पोखराका क्षेत्रिय निर्देशक डाक्टर तारानाथ पौडेलले मंगलबार पोखरामा आयोजित क्षेत्रीय योजना तर्जुमा गोष्ठीमा वोल्दै उक्त कुराको जानकारी गराएका हुन ।

पश्चिमाञ्चलाका अन्य जिल्लामा भने ६ पटक सम्म उक्त औषधि खुवाईएको बताएका निर्देशक पौडेलेले बाँकी ५ जिल्लामा ६ चरणको अभियान पुरा नभएकोले पुनःहात्तिपाईले बिरुद्धको औषधि खुवाउन लागेको जनाए । उनले भने “यो रोग पोथी लामखुट्टेको टोकाइबाट सर्ने हुदा यसको उत्तम उपाय भनेको समयमै यसको औषधि खानु हो । ” २ बर्ष माथिका, गर्भवति महिला र अतिनै कमजोर भएका व्यतिलाई खुवाउन हुदैन भने यो औषधि खाना खाएपछि मात्रखानु पर्ने उनले बताए । उनले भने “हात्तिपाइले रोगबाट बच्नलाई आफ्नो घर वरपरको बातावरण सफा राख्नु पर्छ । ”अभियानमा देशका ३६ जिल्लामाऔषधी खुवाने जानकारी दिए । १ करोड ५० लाखजना सङख्वालाभान्वीत हुने भएका छन ।

उनले विश्वका ७० देशमा हात्तीपाइल रोगबाट १२ करोड मानिसहरु संक्रमित हुने गरेको बताए । नेपालमा ६१ जिल्लामा दुई करोड ५० लाख मानिसहरु हात्ती पाइले रोगबाट प्रभावीत भएको पौडेलेले जनाए । बरिष्ठ फिजिसियन डाक्टर मुकुन्द शर्माले हात्ती पाइले रोगले जिवन भर असक्त बनाउने भएकाले समयमै औधषी सेवनगर्नु पहिलो उपाय भएको दाबी गरे । उक्त अभियानलाई सफलपार्न केहि व्यक्तिहरुलाई स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा समेत औषधि खुवाउनु पर्ने उनले जनाए । डाक्टर रामचन्द्र ढकालले सन २०२० सम्म नेपालबाट समेत यस रोग निवारण गर्न सरकारले विभिन्न जिल्ला क्षेत्रमा अभियान थालेको बताए । जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीका किटजन्य रोग नियन्त्रण निरिक्षक याम बरालले कास्कीमा ६ पटक हात्तिपाईले बिरुद्धको औषधि खुवाए पनि केहि व्यक्तिहरुमाअझै करीब ७ प्रतिशतजसो हाक्तिपाईका बिरामीहरु भेटिएको दाबी गरे ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस