पोखरा, २५ फागुन –
पोखरा १२ माटेपानीस्थित दुधपोखरी तमु समाजद्धारा १०६ औं नारी दिवस(८ मार्च)मा १२ दक्षिण एशियाली खेलकुद प्रतियोगितामा उसु खेलमा रजत पदक विजेता झरना गुरुङ र सानै उमेरमा एक खुट्टा गुमाएकी नृत्यङ्गना अञ्जना गुरुङलाई सफल नारी सम्मान प्रदान गरेको छ ।
झरना गुरुङ र अञ्जना गुरुङलाई कार्यक्रमका प्रमुख अतिथि तमु धिं नेपालकी महासचिव रुद्रकुमारी गुरुङ मैना, कार्यक्रम संयोजक तथा सभाध्यक्ष मञ्जु गुरुङ सम्मानपत्र, नगद र दोसल्लाबाट सम्मान गरिएको हो ।
राष्ट्रिय खेलाडी झरना गुरुङले खेलकुदको क्षेत्रबाट राष्ट्र र तमु समुदायको गौरब अभिवृद्धि गरेको र जन्मेको ४५ दिनमै एक खुट्टा गुमाउनुभएकी नृत्यङ्गना अञ्जना गुरुङले स्वदेश तथा विदेशमा नृत्य प्रस्तुत गर्नुहुदै आत्मविश्वास अभिवृद्धि गरिरहेको भन्दै यसवर्षको सफल नारीबाट सम्मान गरिएको हो ।
उक्त सम्मानका लागि कार्यक्रम संयोजक मञ्जु गुरुङले २०६८ सालमा ५० हजार रुपैयाको अक्षयकोष स्थापना गरी विभिन्न क्षेत्रका सफल नारीहरु सम्मान गर्दै आइरहेको छ भने मंगलवारका कार्यक्रममा अक्षयकोषमा गुरुङले ५० हजार रुपैया थप गर्नुहुदै १ लाख रुपैया पुर्याउनुभयो ।
कार्यक्रममा प्रमुख अतिथि तमु धिं नेपालकी महासचिव रुद्रकुमारी गुरुङ मैनाले नारी दिवसको शुभकामना व्यक्त गर्नुहुदै समाज समृद्धिमा नारीहरुको भुमिका महत्वपुर्ण रहने भएकाले सबै सचेत र एकजुट भई जुट्नुपर्नेमा जोड दिनुभयो । समाजमा उदाहरणीय बन्नु भएकी दिदिवहिनीहरुलाई दुधपोखरी तमु समाजले नारी दिवसमा वर्षेनी सफल नारीको सम्मानले समग्र महिलाहरुको सम्मानित भएको उहाँको भनाई थियो ।
सफल नारीबाट सम्मानित झरना गुरुङ र अञ्जना गुरुङले मन्तव्य व्यक्त गर्नुहुदै नारी दिवसमा आफुहरु सम्मानित हुदा समाज, देशप्रति थप योगदानका लागि प्रोत्साहित भएको बताउनुभयो ।
कार्यक्रममा तमु धिं नेपालकी सहसचिव अधिवक्ता जुनाकुमारी गुरुङले नारी दिवसको ऐतिहासिकताका बारेमा जानकारी गराउनुहुदै अधिकारका लागि नारीहरु जुट्नु पर्ने, विभेदका विरुद्ध उठ्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रम संयोजक मञ्जु गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा तमु धिं नेपाल आमा समितिका अध्यक्ष हरिमाया गुरुङ, दुधपोखरी तमु समाजका अध्यक्ष सु.मे.टोकबहादुर गुरुङ, दुधपोखरी तमु समाज महिला समितिकी अध्यक्ष बालकुमारी गुरुङ, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज कास्कीका अध्यक्ष हुमबहादुर गुरुङ, समाजकी कुमारी गुरुङले शुभकामनाका साथै नारी दिवस र महिला अधिकारका विविध पक्षमा मन्तव्य व्यक्त गर्नुभएको थियो भने दुधकासी गुरुङले स्वागत र योमाया गुरुङले कार्यक्रम संचालन गर्नुभएको थियो ।
दुधपोखरी तमु समाजका आमा दिदिवहिनीहरुको बृहत सहभागीता रहेको कार्यक्रममा कार्यक्रम संयोजक मञ्जु गुरुङकी आमा भाईकुमारी गुरुङलाई असल छोरी जन्माउनु भएको भन्दै प्रमुख अतिथि रुद्रकुमारी गुरुङ मैनाले दोसल्लाबाट सम्मान गर्नुभएको थियो ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution