पोखरा, २६ फागुन –
लोक दोहोरी गायक राजन कार्कीको व्यस्तता बढ्दै गएको छ । आफ्नो प्रस्तुती मार्फत दर्शकको मन जित्न खप्पिस कार्की पछिल्लो क्रममा आयोजना भइरहेका मेला महोत्सवमा आयोजकको पहिलो रोजाइमा पर्न थालेका छन् । उनमा नेपाली लोक दोहोरी क्षेत्रका हस्तीहरु पुरुषोत्तम न्योपाने, विष्णु खत्री, पशुपती शर्मा, राम्जी खाँड, कुलेन्द्र वि.क., राजन ठकुरी, विमल डाँगी, एक नारायण भण्डारी, राजु परियार र खुमन अधिकारी गरी दश जनाको आवाज जस्ताको तस्तै निकाली पुरा गीतनै गाउन सक्ने खुबि छ । त्यसो त उनको आफ्नै मौलीक स्वर पनि रहेको छ । स्याङ्जामा आयोजित महोत्सवमा प्रस्तुती राखेर दर्शकको माया बटुलेका उनले बुधबार पर्वतको कुस्मामा पुगेर आफ्नो प्रस्तुती सुनाए । विहिबार पोखरामा आफ्नो प्रस्तुती राख्ने बताउने कार्की शुक्रबार भने आफ्नो प्रस्तुतीका लागि लमजुङ पुग्नेछन् ।
वि.स.२०६३ सालमा ‘कस्लाई दिनु दोष’ एल्बमबाट औपचारीकरुपमा सांगीतिक यात्रा प्रारम्भ कार्कीले गरेका हुन् । २०६३ सालमा नै ‘करुवाको जल’ एल्बम निकालेका थिए । २०६५ सालमा ‘छोराले बाहु भुल्ने बेला भो’ एल्बम बजारमा ल्याए । त्यसपछि आएका भाउजुको भाई राम्रो, सुःख दुःख साट्न पाइएन, फेरी भेट हुन मन लाछ, मनको रहर, साचे झै भएत, आँखा झिमिझिमि, सिसा जस्तै फुटेको लगायतका गीत बढी मात्रामा चर्चीत बनेका थिए । उनलाई भर्सस्टाइल गायको रुपमा पनि नेपाली साागीतिक क्षेत्रमा चिन्ने गरिन्छ । सञ्चारकर्मी समेत रहेका कार्की दर्शक श्रोताको चाहना अनुसारका गीत बजारमा ल्याउने माहिर छन् । कार्कीका के आयो जमाना, कहिले पुग्ला धन र बाख्रा पालम्ला गीत यतिबेला चर्चामा छन् ।
हालसम्म लगभग एक सय भन्दा बढी यिनले आवाज र लय संकलन गरेका गीत बजारमा आइसकेका छन् भने एकदर्जन गीतमा शब्द सिर्जना समेत उनले गरेका छन् । उनी राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठान गण्डकीका कार्यसमिति सदस्य हुन् ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution