पोखरा, २६ फागुन –
कास्कीका अपाङगता भएका व्यक्तिहरुको हितको लागि साम्सद चुडामणी जङ्गलिले साम्सद विकास कोषको केहि रकम सहयोग गरेका छन ।
कास्कीबाट प्रतिनिधित्व गरेका साम्सद जङ्गलिले पोखरा ३ नदीपुरमा रहेको सृजनाशिल अपांग समाजलाई एक लाख ६५ हजार मुल्य बराबरको एक थान कम्पूटर, एक थान प्रिन्टिर साथमा टेवल गरी उक्त मुल्य बराबरको सामाग्रि बुधबार पोखरामा एक समारोहका विच हस्तान्तरण गरेका हुन । साम्सद जंगलिले समाजका अध्यक्ष जगन्नाथ सुवेदीलाई उक्त सामाग्रि हस्तान्तरण गरेका हुन ।
कार्यक्रममा बोल्दै साम्सद जंगलिले अपाङगता भएका व्यक्तिहरुको लागि प्रयोग हुने गरी आफुले थोरै सहयोग गरेको बताउदै आगामी दिनमा समेत सहयोग गर्ने बचन दिए । समाजमा रहेका अपाङगता भएका व्यक्तिहरुलाई उनको हौसला बढाउनको लागि आत्मनिर्भर तथा क्षमता अभिबृिद्ध गराउने तालिमहरु आवश्यक भएको उनले बताए । समाजमा रहेका अपाङगहरुलाई सबैले समान रुपमा हेर्न आग्रह गर्दै साम्सद जंगलिले उनीहरु पनि उच्च मनोवल गरी अघि बढ्न आग्रह गरे । एक फरक प्रसङगमा उनले अस्थिर राजनीतिकले गर्दा हाल देशको अर्थतन्त्र डामाडोल अवस्थामा पुगेको बताउदै सरकार डलाउने खेल सुरु भएको आरोप लगाए ।
समाजका अध्यक्ष जगन्नाथ सुवेदीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेकपा एमाले क्षेत्रिय कमिटि सचिव पुर्ण लामा, जिफन्ट गण्डकी धौलागिरीका उपाध्यक्ष रुद्र खत्रि, राष्ट्रिय अपाङ्ग महासंघ केन्द्रीय सचिवालय सदस्य शिशिर खनाल, नागरीक वडा मञ्च ३ का संयोजक चन्द्र बहादुर पुन, नेपाल अपाङ्ग महिला संघका सचिव रेखा गैरे लगायतले अपाङगता भएका व्यक्तिहरुलाई अवसर दिनु पर्नेमा जोड दिए । यसै विच समाजद्धारा संचालीत सहकारीका पदाधिकारीहरुलाई नेतृत्व तथा क्षमता अभिबृद्धि सम्बन्धि तालिम समेत प्रदान गरीएको छ । सि.बि.आर.एस.का कार्यक्रम व्यवस्थापक कृष्ण लामिछानेले तालिममा सहभागिहरुलाई सहजिकरण गरेका हुन ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution