पार्वति टोल विकास संस्थाले आफ्नो टोलमा जन्मेर हुर्केको राष्ट्रिय खेलाडिहरुलाई सम्मान

पोखरा, २६ फागुन –

पोखरा ९ वसपार्कमा रहेको पार्वति टोल विकास संस्थाले आफ्नो टोलमा जन्मेर हुर्केको एक राष्ट्रिय खेलाडिहरुलाई भव्य सम्मान गरेको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

साग प्रतियोगितामा नेपाली अण्डर २३ को फुटबल टिममा सहभागि मानबहादुर तामाङ र हेमन्त गुरुङका भाई मनिष गुरुङलाई नगद पाँच हजार सहित सम्मान गरिएको थियो।

सम्मान कार्यक्रममा पार्वती टोल, शुभकामना टोल, लगाएतका टोल विकास संस्थाहरु, युवा क्लबहरु, आमा समुहहरुले खेलाडिहरुलाई सम्मान पत्र, दोसल्ला, खादा, फुलमाला, अविरले सम्मान गरेका थिए। कार्यक्रमका प्रमुख अतिथि उत्तम जोशीले खेलाडिहरुलाई सम्मान गर्दै हरेक वालवालिका भोलिका देशका कर्णधार हुनसक्ने भन्दै सुकुम्वासीमा वसेका छौं भनेर आफुलाई कमजोर नसोच्न आग्रह गर्नुका साथै हरेक कार्यमा मन लगाएर काम गर्नु पर्ने वताए।

पार्वती टोल विकास संस्थाकी अध्यक्ष राधिका सिम्खडाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत पार्वति आमा समुहकी अध्यक्ष सिता शाही ठकुरीले र संचालन बुद्ध पुनले गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button