दृष्टिविहिन क्रिकेट प्रतियोगिताको उपाधि कास्कीलाई

  • पोखरा न्यूज
  • २०७२ फागुन २६
Post Thumbnail

पोखरा, २६ फागुन – 

पोखरा रंगशालामा बुधबार सम्पन्न भएको प्राईम बहुउद्धेश्य सहकारी क्षेत्रिय दृष्टिविहिन क्रिकेट प्रतियोगिताको उपाधि नेत्र हिन क्रिकेट संघले जितेको छ । पोखरामा सम्पन्न भएको तीन श्रृखला मा कास्कीले पहिलो दिन र अन्तिम दिन आज (बुधबार) को गरी दुई श्रृखला आफ्नो पोल्टामा पार्दै उपाधि माथि कब्जा जमाउन सफल भएको हो ।

उपाधि सहित कास्कीले नगद १५ हजारको साथमा ट्रफि मेडल प्रमाण पत्र प्राप्त गरेको संघ कास्कीका उपाध्यक्ष कोइरालाले बताए । टस हारेर पनि व्याटिङको निम्तो पाएको नेत्र हिन क्रिकेट संघ बाँकेले निर्धारित २० ओभरमा ८ विकेटको क्षेतिमा १ सय ६२ रनको योगफल तयार पार्यो । १ सय ६३ रनको लक्ष्य पाएको नेत्र हिन क्रिकेट संघ कास्कीले १९ ओभरमा ३ विकेटको क्षेतिमा लक्ष्य पुरा गरी ७ विकेटको शान्दार जित हासिल गरेको हो । खेलमा म्यान अफ दी म्याचको उपाधि भने बाँकेका नरेस चौधरी घोषित भए । उनले एक विकेट लिदै ६४ रन जोडेका थिए । उक्त प्रतियोगिता अवधिभर १ सय ५४ रन जोडेका कास्कीका लोक बहादुर थापाले म्यान अफ दी सिरीजको उपाधि जित्न सफल भए ।

विजयी खेलाडीहरुको टोलीलाइ कार्यक्रमका प्रमुख अतिथि साम्सद चुडामणी जङ्गलि, आन्तरीक राजश्व कार्यालय पोखराका कर अधिकृत विजय लामिछाने, नेपाल नेत्र हिन संघका केन्द्रीय अध्यक्ष रमेश पोखरेल, केन्द्रीय सचिव शिशिर खनाल, नेपाल नेत्र हिन क्रिकेट संघका केन्द्रीय महासचिव पवन घिमिरे, पाईम सहकारीका व्यबस्थापक सुरेन्द्र पौडेल, संचालक दिलीप श्रेष्ठ, संघ कास्कीका अध्यक्ष लक्ष्मण सुवेदी लगायतले पुरस्कार वितरण गरेका थिए ।

नेत्र हिन क्रिकेट संघ कास्कीको आयोजना संघ केन्द्रको विषेश सहयोग तथा प्राइम बहुउद्धेश्य सहकारीको मुख्य प्रायोजनमा पोखरामा भएको उक्त प्रतियोगिता अन्र्तगत मंगलबारको एक श्रृखला भने नेत्र हिन क्रिकेट संघ बाँकेले जितेको थियो । नेत्र हिन क्रिकेट संघ कास्कीले आयोजना गरेको उक्त प्रतियोगिता बी वान आँखा नदेख्ने, बी टु ५ मिटरसम्मको बस्तु तथा आकार छुट्टाउने र बी थ्री १० मिटर नजिकको बस्तु तथा आकार पहिचान गर्न सक्ने खेलाडीहरु सहभागि भएको संघ कास्कीका सचिव सुर्य भट्टराईले बताए । दृष्टिविहिन खेलाडीहरुले कडा प्रकृतिको वल प्रयोग हुन्छ । वल जमिनमा गुडाउदा दृष्टिविहिनहरुलाई आवाज सुनाउनको लागि वल भित्र आवाज आउने गरी केहि गेडाहरु राखिएको हुन्छ । आगामी नोवेम्वरमा भारतमा दृष्टिविहिन क्रिकेटको वल्र्ड कप हुने भएको छ । उक्त प्रतियोगिताको खेलाडी छनौटको रुपमा समेत यस प्रतियोगितालाई लिईएको आयोजकले जनाएको छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस