शान्तिवन गेट वरपरको वाटोमा अव्यवस्थित रुपमा पार्किङ गर्न नपाईने

पोखरा, २६ फागुन –

पोखरा ९ शान्तिवन गेट वरपरको वाटोमा अव्यवस्थित रुपमा गरिने पार्किङ र वालुवा थुपारेर राख्न नपाईने भएको छ। टोलवासीले उक्त क्षेत्रमा नो पार्किङको वोर्ड राखेका छन्।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

शान्ति वन टोल विकास समितिको टोलमा वाटोमा हुने अव्यवस्थित पार्किङलाई व्यवस्थित गर्न तथा वाटोमा थुपारिएको वालुवालाई हटाउने विषयमा बुधबार छलफल कार्यक्रमको आयोजना गरिएको छ।

सो कार्यक्रममा दुर्गादेवि पहारी, वलराम पहारी, महादेव रानाभाट, निरु रानाभाट, प्रकाश शर्मा, ताराबहादुर रानाभाट, लक्ष्मी पहारी, सरस्वती श्रेष्ठ, प्रकाश पहारी, हरि फुयाँल, ध्रुब पहारी, श्याम पहारी, कुष्ण नेपाली, प्रदिप पहारी लगाएतले बाटोमा अव्यवस्थित रुपमा गरिएको पार्किङलाई यथासक्य छिटो समाधान गर्न आग्रह गरेका थिए।

जिल्ला ट्राफिक कार्यालय कास्कीबाट प्रतिनिधिको रुपमा सहभागी प्रहरी जवान पदम भण्डारीले अव्यवस्थित पार्किङको समाधानको लागि गस्ती वढाईने र सामुदायिक प्रहरीले कागज पत्र नियन्त्रणमा लिई ट्रफिक प्रहरी कार्यालयमा पठाई दिएमा कारवाही गर्न सकिने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button