सिर्जनाचोकमा सहकारी पसल संञ्चालनमा

पोखरा, फागुन २७ –

परोपकार सहकारी संस्था लिमिटेडद्धारा संञ्चालित परोपकार सहकारी पसलको डिभिजन सहकारी कार्यालयका प्रमुख बद्रि अधिकारीले आज एक समारोह बीच सिर्जनाचोकमा उद्घाटन गर्नु भयो ।

सात करोड पुँजी रहेको सो सहकारीले ५० लाखको लागतमा पसल संञ्चालनमा ल्याएको संस्थाको अध्यक्ष विष्णु बरालले जानकारी दिनु भयो । संस्थाका शेयर सदस्य लगायत सबै क्षेत्रका गाह्रकहरुलाई लक्षित गरि संञ्चालन गरिएको सो पसलमा गुणस्तरीय सेवा दिने दावी गरिएको छ । प्रतिसप्रधात्मक बजारमा सस्तो, राम्रो र स्तरीय सामान उपलब्ध गराउने भएकाले पसलले छिटैनै गाह्रकको मन जित्ने दावी छ ।

छ सयभन्दा बढी शेयर सदस्य भएको सो संस्थाले सहकारीको सिद्धान्त अनुसारनै सहकारी पसल संञ्चालनमा ल्याएको अध्यक्ष बरालको भनाई छ । कार्यक्रममा डिभिजन कार्यालयका प्रमुख बद्रि अधिकारीले शेयर धनीहरुको लगानीलाई सुरक्षित राख्दै सेवा र नाफा दुवै दिनु पर्ने उहाँको भनाई थियो ।

कार्यक्रममा सिमलचौर सहकारी संस्थाका अध्यक्ष सुवास सिग्देल, सिर्जना महिला सहकारीका अध्यक्ष कमला गिरी, शेयर धनीहरु सीता पौडेल, मिन गुरु लगायतका वक्ताले सहकारीको बारेमा बोल्नु भएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button