सिद्ध (कास्की), २७ फागुन –
राप्रपा नेपाल कास्कीले बुधवार कास्की जिल्लाको क्षेत्र नं. १ अन्तर्गत सिद्ध गा.वि.समा भेला सम्पन्न गरेकोे छ ।
भेलामा बोल्दै भेलाका क्षेत्र नं. १ का प्रमुख अतिथि केन्द्रीय सदस्य तथा धौलागिरी संयोजक कुलबहादुर गुरुङ्ग ‘कुलु’ले आफु गैरहिन्दु भएर पनि हिन्दुराष्ट्रको पक्षमा लडिरहेको बताउँदै तपाईहरुले किन हिन्दु राष्ट्रको विरुद्धमा वकालत गर्न हिचकिचाउनु भएको छ ? भनि प्रश्न गर्नुभयो । उहाँले राज संस्था र हिन्दु राष्ट्रको पक्षमा राप्रपा नेपाल सँधै लडिरहने बताउनुभयो ।
हरेक वडा, क्षेत्रमा राप्रपा नेपाल भन्ने राप्रपा नेपालको राष्ट्रिय अभियानलाई सार्थक तुल्याउनको लागि भेला आयोजना गरिएको अञ्चल सचिव तथा राष्ट्रिय पत्रकार समाजका अध्यक्ष सूर्य बाँस्तोलाले जानकारी दिनुभयो ।
कार्यक्रममा पार्टीका जिल्ला अध्यक्ष जयलाल पुनले ६ सय १ लाई राजा बनाउन भन्दा एउटै राजा बनाएर देशको सम्बृद्धिको लागि अगाडि बढ्नुपर्नेमा ठूला भनाउँदा नेताहरुलाई आग्रह गर्नुभयो । भ्रष्टाचार शासन मुक्त र भ्रष्टाचारीलाई राप्रपा नेपालले नछोड्ने र हिन्दु र राजसंस्थाको लागि राप्रपा नेपाल सधैं लडिरहने बताउनुभयो ।
कार्यक्रममा युवक संगठनका केन्द्रीय उपाध्यक्ष नारायण गुरुङ, क्षेत्रीय अध्यक्षहरु, कृष्णराज अधिकारी, नारायण सुवेदी, क्षेत्रीय सचिव तीर्थराज सुवेदी, जिल्ला सदस्य फुलमाया शाही लगायतले देश बचाउनको लागि राप्रपा नेपालको अभियानमा सहभागी हुन सिद्धबासीलाई आग्रह गर्नुभएको थियो ।
भेलाले ईन्द्रबहादुर मालको अध्यक्षतामा २१ सदस्यीय गाउँ ईकाई समिति गठन गरेको छ । सिद्ध गा.वि.स.का ईकाई अध्यक्ष कृष्णबहादुर शाहीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन जिल्ला सचिव अर्जुनबहादुर बस्नेतले गर्नुभएको थियो ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution