धुर्मुस सुन्तली सरसफाई अभियानमा सुनवल नगरपालिकाका १ सय १७ बाल क्लबको ऐक्यबद्धता

  • पोखरा न्यूज
  • २०७२ फागुन २८
धुर्मुस सुन्तली सरसफाई अभियानमा सुनवल नगरपालिकाका १ सय १७ बाल क्लबको ऐक्यबद्धता

सुनवल, २८ फागुन –

नेपालको पहिलो बालमैत्री सुनवल नगरपालिकाका १ सय १७ बाल क्लबले धुर्मुस सुन्तली सरसफाई अभियानमा ऐक्यबद्धता जनाएका छन् । बालमैत्री नगरपालिका बनाउन सक्रिय रहेका बाल क्लबहरुले धुर्मुस सुन्तली अभियानमा ऐक्यबद्धता जनाउँदै नगरपालिकालाई वातावरणमैत्री पनि बनाउने बताएका हुन् ।

suntali2

१ सय १७ बाल क्लबका ३ हजार २ सय ५० सदस्यहरु अब सरसफाईमा जुट्ने नगरबाल सञ्जालकी संस्थापक अध्यक्ष एवं बालमैत्री अभियानकी अभियान्ता विपना शर्माले जानकारी दिएकी छिन् । बालबालिकाहरुकै पहलमा नगरपालिकालाई बालमैत्री बनाउन सम्भव भएको भन्दै उनले सुनवललाई वातावरणमैत्री बनाउने लक्ष्यका साथ धुर्मुस सन्तली सरसफाई अभियानमा ऐक्यबद्धता जनाएको बताएकी छिन् । सबै एक भएर अघि बढेकाले सुनवललाई बालमैत्री नगरपालिका बनेको सम्झना गर्दै उनले अब सरसफाई आफुहरुको प्राथमीकतामा रहने स्पष्ट गरीन् । ११ वर्षदेखि बाल क्लबमा संलग्न भएकी विपनालाई केहि समय अघि एशियाली महिला मानव अधिकार पुरस्कार प्रदान गरिएको थियो ।

suntali3

देशकै पहिलो बालमैत्री नगरपालिकाका अधिकाँस बाल क्लबले सरसफाई अभियानमा ऐक्यबद्धता जनाएको खबरले आफुहरु उत्साहि भएको धुर्मुस सुन्तलीले प्रतिक्रिया दिएका छन् । सुनवलका बाल क्लबहरुको जस्तै अठोट सामाजीक संघसंस्था गर्ने हो भने सफा नेपाल बनाउन सम्भव रहेको उनीहरुको भनाई छ । पछिल्लो समय धुर्मुस सुन्तली सरसफाई अभियानमा ऐक्यबद्धता जनाउँदै सरसफाई गर्ने संघसंस्थाहरु बढ्दै गएका छन् । हेटौँडा, सिन्धुपाल्चोक, बाँके, बर्दिया, कैलाली, महोत्तरी लगायतका जिल्लाहरुमा धुर्मुस सुन्तली क्लब नै गठन भएका छन् । वडा, गाविस, जिल्ला, क्षेत्र र केन्द्रिमा रहेका संघ संस्थाहरुलाई पनि सरसफाई अभियानमा जुट्न उनीहरुले आव्हान गरेका छन् ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस