टर्किको बेली नृत्य पोखरामा शनिवार प्रदर्शन गरिने

  • पोखरा न्यूज
  • २०७२ फागुन २८
Post Thumbnail

पोखरा, २८ फागुन – 

टर्किमा लोकप्रिय रहेको बेली नृत्य पोखरामा शनिवार प्रदर्शन गरिने भएको छ । टर्की र नेपालको सांस्कृतिक प्रस्तुती एकै ठाउमा पस्किई दुवै देशको कला तथा नृत्य प्रदर्शन गर्ने मुख्य उद्देश्यका साथ सो नृत्य पोखरामा प्रदर्शन गर्न लागिएको हो । पोखराको विरौटास्थित होटल ग्राण्डमा कि इन्टरटेन्मेण्ट प्रा.लि.ले नेपाल टर्की चेम्बर अफ कमर्स एण्ड इण्डष्ट्रिजको सहकार्यमा नेपाल–टर्की नृत्य तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रममा टर्कीका कलाकारहरुले बेली नृत्य प्रदर्शन गर्नेछन् भने नृत्यमा चार (४) जना कलाकारको सहभागीता रहनेछ । साथै नेपालका प्रसिद्ध हास्य कलाकार जितु नेपाल, नेपाली नायिका सुष्मा कार्कीका साथसाथै भैरवी नृत्य समेत विशेष प्रस्तुतिको रुपमा रहनेछ । कार्यक्रमबाट दुई देश बीचको सम्बन्ध अझ प्रगाढ बन्ने र देशको आन्तरिक तथा बा≈य पर्यटनमा टेवा पुग्ने विश्वास गरिएको छ ।

टिकट विक्रिबाट प्राप्त रकमको केही अंश भूकम्प पीडितलाई राहत स्वरुप प्रधानमन्त्री राहतकोषमा जम्मा गरिनेछ भने केही अंश नेपाल टर्की चेम्बर अफ कमर्स एण्ड इण्डष्ट्रिजलाई उपलब्ध गराईने आयोजकले जनाएको छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस