पोखरामा सोमबार देखि सार्क परराष्ट्र मन्त्री स्तरीय बैठक सुरु हुदै

पोखरा, ३० फागुन –

सुन्दर नगरी पोखरामा भोलि (सोमबार) देखि सार्क परराष्ट्र मन्त्री स्तरीय बैठक सुरु हुदै छ । उत्तः बैठकको अन्तिम तयारी पुरा भएको सार्क परराष्ट्र मन्त्री स्तरीय बैठक व्यवस्थापन समितिका संयोजक एवं पश्चिमाञ्चल क्षेत्रिय प्रशासक शंकर प्रसाद कोइरालाले बताए।

उनले भने “हामीले स्थानीय रुपमा आवश्यक तयारी पुरा गरेका छौं, सडक सरसफाई, बृक्षारोपण हुदै यहाँको शान्ति सुरक्षा सम्मका कुरामा मध्यनजर गरी हामी पुर्ण तयारी अबस्थामा रहेका छौं, सवैको साथ र सहयोगले बैठक सभ्य रुपमा सम्पन्न हुनेछ।”

बैठकमा सहभागि हुन आईतबारसम्म करीब नेपाल सहित ८ राष्ट्रका ५० जना भन्दा बढी सह सचिवहरु पोखरा आइ सकेको उक्त बैठकका नायव सिस्टाचार महापाल राजाराम वतौलाले बताए । ५२ औं उक्त बैठकमा सहभागि हुने सदस्य राष्ट्रका सह–सचिवहरु पोखरा आई सकेका हुन भने पहिलो र दोेश्रो दिन सहसचिव स्तरीय बैठक हुने भएको हो ।

चार दिनसम्म चल्ने उक्त बैठकको पहिलो दिन सोमबार विहान ९ बजे पछि सहसचिव स्तरीय बैठक पोखराको पाँचतारे ग्राण्ड होटलमा सुरु हुने भएको सहसचिव तथा सार्क परराष्ट्र मन्त्री स्तरीय बैठकका जोन सेक्रेटरी मणि प्रसाद भट्टराईले बताए । सार्क समन्त्र, कार्यक्रम, कान्वयन लगायतका विषयमा छलफल गरी कान्वयन हुन नसकेका कुरालाई उचित निर्णय गर्ने समेत भएको भट्टराईले जनाए । देशका सार्क क्यालेण्डर, अध्यावधिक गर्ने, हालसम्म सदस्य राष्ट्रहरुले गरेका कुरा पेश गर्दै आवश्यक सुझाव समेत संकलन गर्ने भएको बुझिएको छ । दुई दिन सहसचिव स्तरीय बैठकले दिएको सुझाव तथा कार्यक्रमहरु माथि सचिव स्तरीय बैठक चैत्र ३ गते छलफल हुने भएको छ भने सचिव स्तरीय बैठकले पनि दिएको सुझाव तथा कार्यक्रमहरुलाई परराष्ट्र मन्त्रीबाट पारित हुने कार्यक्रम रहेको छ ।

चैत्र १ गते देखि उक्त बैठक सुरु भए पनि, चैत्र ४ गते भने नेपाल सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले औपचारीक रुपमा समुद्घाटन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयका प्रवक्ता तारा पोखरेलले बताए । तीन चरणमा हुने उक्त बैठकमा सहभागि हुने पाहुनाहरु एक दिन अघि पोखरा आई सक्ने भएको उनले बताए । ४२ औं सचिव स्तरीय र ३७ औं मन्त्री स्तरीय बैठक पोखरामा पहिलो पटक हुन लागेको हो ।

पोखराका विभिन्न चोक चोकमा स्वागत गेट निमार्ण गरीएको छ भने सडक छेउछाउमा सरसफाई हुदै केहि डाँउमा रंगरोगन भएको छ त्यसै गरी खाल्टा खुल्टी र भत्केको सडक टालटुल तथा मर्मत समेत भएको छ ।

उक्त बैठकमा नेपाल, भारत, बंगलादेश, भुटान, श्रीलङका, माल्दीप्स, पाकिस्तान र अफ्गानिस्तानबाट सहभागि हुने भएका हुन । पाकिस्तानमा हुने सार्क सम्मेलनको बिषयमा समेत बैठकमा छलफल हुने बताइएको छ ।

यसै बिच, सार्क मन्त्री स्तरीय बैठकलाई मध्यनजर गरी कास्की प्रहरीले रात्रि कालिन व्यवसाय दोहोरो साँझ, डिस्को, डान्स तथा वारलाई राति १० बजे भित्र वन्द गर्न निर्देशन दिएको छ । राति अवेरसम्म रात्रि कालिन व्यवसायले गर्दा हो हल्ला भएकोले गर्दा तत्कालको लागि एक साता जसो रात्रि कालिन व्यवसायलाई समय सिमा तोकि राति १० बजे भित्रमा वन्द गर्न आग्रह गरीएको कास्की प्रहरी प्रमुख घनश्याम अर्यालले बताए । पत्रकारहरुको लागि सोमबार विहान ९ बजे केहि मिनेटको लागि मात्र खुल्ला गरीएको छ भने मंगलबार वेलुका ६ बजे पछि प्रेस विज्ञेप्ति मार्फत जानकारी गराईने भएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button