पोखरा, ०२ चैत्र –
सिटिजन्स बैंक ईन्टरनेसनल बैंकको लापरवाहीको कारणले गर्दा पोखरा क्षेत्रका सर्वसाधारणले सास्ती भोग्नु परेको छ । मेरो माईक्रो फाईन्नान्स विक्तिय संस्थाको शेयर हाल्न सोमबार पोखराको न्युरोडमा रहेको सिटिजन्स बैंक ईन्टरनेसनल बैंकमा पुगेका पोखरा क्षेत्रका सर्वसाधरण बैंकको लापरवाहीको कारणले गर्दा सास्ती भोग्नु परेको हो ।
विहान १० बजे देखि लाईनमा बसेका उपभोक्ताहरु उक्त बैंकले शेयर नलिएको हुदा पोखरेलीहरुले शेयर लिने आसामा राति १० बजेसम्म बैंकको गेट अगाडी धर्ना दिदै वसेका थिए । उक्त बैंकले सोमबारसम्म शेयर लिने जानकारी पाएका पोखरा क्षेत्रका सर्वसाधारणले आफ्नो कामै छाडेर दिन भरी लाईनमा वस्दा समेत शेयर ब्झाउन नपाई फर्किनु पर्दा आफुहरुले चर्को मुख्यमा ऋण लियर शेयर हाल्न नपाएकोमा उनीहरुले गुनासो गरे । बैंकले उक्त फाईनान्सको शेयरको फारम २ः३० बजेसम्म वितरण गरे पनि बैंकले समयमै सुचना नदिईकन ३ बजे एकै पटक सटर वन्द गरेर आफुहरुलाई बैंकले धेरै सास्ती दिएको कृष्णराज लामिछानेले बताए । कास्कीको लेखनाथबाट शेयर हाल्न पोखरा आएका लामिछानेले उक्त बैंकले शेयरको फारम वितरण गरे अनुसारको शेयर नदिएको, घण्टौं लाईनमा बस्दा लाइनमा बसेकाहरुलाई कुनै सेवा नदिएको हुदा आफुले शेयर हाल्न नपाएको बताए ।
म्याग्दीबाट शेयर हाल्न पोखरा आएका प्रमोद कुमार साहले पनि घण्टौं लाईनमा वसेर शेयर हाल्न नपाएकोमा बैंकले अनावश्यक रुपमा छैन भन्दै पटक पटक शेयर फारम दिएकोले आफुहरु जस्ताले अनावश्यक दुखः पाउनु परेको गुनासो गरे । ह्याङजाबाट पोखरामा शेयर हाल्न आएका एक जना युवाले आफ्नो नाम नवताउने सर्तमा भने “शेयर हान्ने भनेर विहान शेयर फारम नपाएको हुदा शेयर फारमलाई दुई सय रुपैयासम्म हाले तर घण्टौं लाईनमा बसेर पनि बैंक सिस्टम नभएको कारणले गर्दा म जस्ता धेरै जनाले सास्ती भोग्नु पर्यो ।” लामाचौरका हरेराम तिमिल्सिना सोमबार विहान ९ः३० बजे पोखरा न्युरोडको सिटिजन्स बैंकमा मेरो माईक्रो फाईनान्सको शेयर हाल्न पुगे पनि लाईनमा बसेकाहरुको केहि व्यक्तिहरु बाहेक अधिकाश शेयरको फारम भरेर पनि रित्तो हात फर्किनु परेको गुनासो गरे ।
पोखरा न्युरोडको सिटिजन्स बैंकका व्रान्च म्यानेजर विनोद भण्डारीले पहलिो पटक आफुहरुले यसरी शेयर लिएको कारणले गर्दा अनुभव नभएको हुनाले पनि शेयर लिने क्रममा केहि गल्ती हुन गएको बताए । उनले भने “ अझ हामीले एक बजे नै वन्द गर्नु पर्ने हो तर हामीले ३ बजे वन्द गर्यौं ।” किन सेवाग्राहिहरुलाई समयमै सुचना नदिएको र अनावश्यक रुपमा फारम वितरण गरेको भन्ने हाम्रो प्रश्नमा उनले फराम नपाएको झोकमा केहि उपभोक्ताहरुले हो हल्ला गर्न लागेकोले भएको फारम वितरण गरेको बताउदै समयमै सुचना दिनु पर्नेमा त्यसमा पनि आफुहरुको गल्ती भएको उनले जनाए । ५० किक्तादेखि १० हजार किक्ता शेयरको लागि लगानी कर्ताले आवेदन भरेका हुन ।





