विवादमा रहेका फेवा विकास बैंक अध्यक्ष गुरुङको राजिनामा

ढाका मोहन बराल

पोखरा, ०३ चैत्र –

फेवा विकास बैंक पोखराका अध्यक्ष जगन गुरुङले आफु लगाएतका सम्पूर्ण संचालकहरुको कार्यकाल सकिएको  भन्दै अध्यक्ष पदबाट राजिनामा  दिएका छन । बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा बैंकको संचालक समितिले पौष मसान्त अगावै साधारण सभा गर्नुपर्ने भएको भएतापनि  पौष १९ गतेको शेयरधनी र संचालकहरु बिचको सहमति अनुसार फागुन मसान्तसम्म वोर्डले  साधारण सभा वोलाउन नसकेको भन्दै राजिनामा दिएको घोषणा गरेका हुन ।

बैंकका केहि संचालकहरुले अध्यक्षपदबाट आफुलाई  हटाउन गरेको  गैरकानुनी प्रयास बिरुद्ध अदालतमा गएको मुद्धाको समेत कुनै औचित्य नहुने भएकोले सो मुद्धा समेत फिर्ता लिने निर्णय गरेको उद्घोष गर्दै उनले भने, ”साधारण सभा वोलाउन खोज्दा संचालक समितिका पदाधिकारीहरुले असहयोग गरेको हुनाले मैले चाहेर पनि साधारण सभा वोलाउन सकिन,अध्यक्षको नाताले केहि नैतिक जिम्मेवारी मैले पनि लिन्छु” ।  संचालकहरुको कार्यकाल सकिएकोले वोर्डको औचित्य समाप्त भएको बताउदै उनले शेयर सदस्यको हितविपरित र शेयर सदस्यलाई घाटा पुर्याउने मर्जरका प्रस्तावहरु केहि संचालक बाट अघि बढे पछी  अव्यवहारीक भएको भन्दै आफुले त्यसलाई नमानेको कारणले गर्दा संचालकहरुले आफु विरोधि कृयाकलाप गर्न थालेको अध्यक्ष गुरुङले गुनासो गरे ।

आफुले विगत ८ बर्ष देखि विश्व विकास बैंकको अध्यक्ष सम्हालेको अनुभवको कारणले गर्दा पनि आफुमा  कुनै विक्तिय संस्था हाक्न सक्ने क्षमता भएको दाबी गर्दै उनले  साधारण सभाबाट नयाँ म्याण्डेड पाएको खण्डमा पुनः अध्यक्ष पदभार सम्हाल्न आफु तयार भएको बताएका   उनले  फेवा विकास बैंकको वोर्डमा विवाद भए पनि व्यबस्थापन पक्षमा कुनै असर नपारेको बताए ।

फेवा विकास बैंकका संचालक विन्दुकुमार थापाले पोखराआर्थिकडटकम संगको कुराकानीमा फेवा विकास बैंकका अध्यक्ष हाल रामभक्त रन्जित हुन भन्दै जगन गुरुङले दिएको राजिनामाको कुनै औचित्य नभएको बताए । उनले भने “मर्जर बिरोधी भएको कारणले गर्दा हामीले केही महिना अघि नै गुरुङलाई अध्यक्षबाट पदच्युत गरेका हौं, । ” फेवा विकास बैंकको हालै सम्पन्न सेयर सदस्यहरुको बृहत भेला र लगत्तै बसेको संचालक तथा सेयरधनीहरुको बैठकले बिवाद टुंगाउने गरी साधारण सभा वोलाउने सहमति भएको छ । बरिष्ठ अधिवक्ता कृष्णबहादुर थापा संयोजक रहेको सो समितिले लगानी कर्ताहरुको सुझावलाई मध्यनजर राख्दै तत्काल मर्जरमा जानुभन्दा पनि फागुन मसान्तभित्र साधारण सभा गर्ने सर्वसम्मत सहमति गरेको थियो । मर्जर प्रकृयाले गर्दा साधाराण सभा समयमै गर्न नसकेको बताउदै संचालक थापाले साधाराण सभा पछि नयाँ वोर्डले मर्जर प्रकृया अघि बढाउने पोखराआर्थिकडटकम लाइ बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button