अन्तरास्ट्रिय विमानस्थल पोखरामा छिट्टै बन्ने – परराष्ट्रमन्त्री थापा

  • पोखरा न्यूज
  • २०७२ चैत्र ३
अन्तरास्ट्रिय विमानस्थल पोखरामा छिट्टै बन्ने – परराष्ट्रमन्त्री थापा

पोखरा, ३ चैत्र –

उपप्रधान, परराष्ट्र तथा स्थानीय विकास मन्त्री कमल थापाले सुन्दर नगरी पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल छिट्टै बन्ने बताउनुभएको छ । राप्रपा नेपाल कास्कीका कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पहिलो पल्ट पोखरामा राखिएको परराष्ट्रमन्त्री स्तरीय सार्क बैठकले पनि अब पनि पोखरामा छिट्टै अन्तर्राष्ट्रिय विमानस्थल बनाउनुपर्ने कुरामा जोड दिएको बताउनुभयो ।

सार्क बैठकले पर्यटकनीय नगरी पोखरालाई थप टेवा पुगेको बताउँदै पोखराका लागि आफू र आफ्नो पार्टीको तर्फबाट राष्ट्रिय योजनाहरु पारी सबृद्ध पोखरा बनाउन आफू नचुक्ने बताउनुभयो ।

चैत ७ गतेदेखि हुन लागेको प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका क्रममा आधा दर्जन एमओयूमा हस्ताक्षर एवं पत्रहरुको आदानप्रदान हुने बताउनुभयो । प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा नेपाल र चीनबीच पारवहन व्यापार र लगानी लगायतका विषयमा छलफल हुने र निष्कर्षमा पुग्ने प्रयास गरिने मन्त्री थापाले बताउनुभयो ।

कार्यक्रममा अञ्चल संयोजक तथा केन्द्रीय सदस्य रमेश बहादुर भट्टराईले चीन भ्रमणका अवसरमा राष्ट्रिय गौरवका योजनाहरु फेवाताल संरक्षण योजना, पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल शीघ्र निर्मण हुन, पोखरा लेखनाथ रिङ्गरोड निर्माण, कोराला नाका खोल्ने, पोखरा काठमाण्डौ रेलमार्ग संचालन गर्ने लगायतका योजनाहरु प्रस्तावित गर्न माग गर्नुभयो ।

कार्यक्रममा जिल्ला अध्यक्ष जयलाल पुनले भुकम्पले थिलोथिलो पारेको अवस्थालाई मध्यनजर गर्दै घरको मापदण्डलाई पुनःविचार गर्नुपर्ने र तत्काल सच्याइ जनतालाई सेवा सुविधा दिन माग गर्दै यो माग छिट्दै पुरा हुनेछ भन्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा केन्द्रीय सदस्यहरु, स्थानीय नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस