नेपाल कृषि तथा वगान क्षेत्रको कास्की जिल्ला भेला सम्पन्न

  • पोखरा न्यूज
  • २०७२ चैत्र ४
Post Thumbnail

पोखरा, ०४ चैत्र – 

नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक संघ कास्कीको जिल्ला भेला विहिवार सम्पन्न भएको छ । भेलाले लक्ष्मी प्रसाद अधिकारीको संयोजकत्वमा १३ सदस्यीय नयाँ समिति गठन गरेको छ ।

अन्य सदस्यहरुमा शारदा गिरी, धनेश्वर अधिकारी, होमनाथ गौतम, टिकादेवी अधिकारी, जगनाथ बराल, शारदा पौडेल, विष्णुमाया अधिकारी, रिता भण्डारी, बसन्ती कुमाल, रतिमाया कुमाल, मञ्जु अधिकारी र भवानी सुवेदी रहेका छन् ।

नेपाल ट्रेड युनियन महासंघ (जिफण्ड) गण्डकी धौलागिरीका अध्यक्ष मिना गुरुङ्गको अध्यक्षतामा सम्पन्न भएको भेलाको उद्घाटन नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक संघका केन्द्रीय उपाध्यक्ष भैरव पाठकले गरेका थिए ।

नेकपा एमाले क्षेत्र नं.२ का अध्यक्ष जिवन आचार्य, क्षेत्र नं. ३ का अध्यक्ष धनबहादुर नेपाली, जिफन्ट राष्ट्रिय कमिटि सदस्य चन्द्रप्रसाद गुरुङ्ग, जिफन्ट गण्डकी तथा धौलागिरीका उपाध्यक्ष रुद्र खत्री, सहसचिव नन्दलाल अधिकारीले वोलेका थिए ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस