नेपाल कृषि तथा वगान क्षेत्रको कास्की जिल्ला भेला सम्पन्न

पोखरा, ०४ चैत्र – 

नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक संघ कास्कीको जिल्ला भेला विहिवार सम्पन्न भएको छ । भेलाले लक्ष्मी प्रसाद अधिकारीको संयोजकत्वमा १३ सदस्यीय नयाँ समिति गठन गरेको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

अन्य सदस्यहरुमा शारदा गिरी, धनेश्वर अधिकारी, होमनाथ गौतम, टिकादेवी अधिकारी, जगनाथ बराल, शारदा पौडेल, विष्णुमाया अधिकारी, रिता भण्डारी, बसन्ती कुमाल, रतिमाया कुमाल, मञ्जु अधिकारी र भवानी सुवेदी रहेका छन् ।

नेपाल ट्रेड युनियन महासंघ (जिफण्ड) गण्डकी धौलागिरीका अध्यक्ष मिना गुरुङ्गको अध्यक्षतामा सम्पन्न भएको भेलाको उद्घाटन नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक संघका केन्द्रीय उपाध्यक्ष भैरव पाठकले गरेका थिए ।

नेकपा एमाले क्षेत्र नं.२ का अध्यक्ष जिवन आचार्य, क्षेत्र नं. ३ का अध्यक्ष धनबहादुर नेपाली, जिफन्ट राष्ट्रिय कमिटि सदस्य चन्द्रप्रसाद गुरुङ्ग, जिफन्ट गण्डकी तथा धौलागिरीका उपाध्यक्ष रुद्र खत्री, सहसचिव नन्दलाल अधिकारीले वोलेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button