फेवा विकास बैंकको २१.९० प्रतिशत वोनश शेयर स्वीकृत

पोखरा, ०५ चैत्र –

फेवा विकास वैकको सञ्चालक समितिको मिति २०७२ फाल्गुण २३ गते वसेको वैठकको निर्णय अनुसार आ.वं २०७१-७२ सम्मको संचित मुनाफावाट चुक्तापूंजीको २१.९० प्रतिशत वोनश शेयर वितरण गर्ने निर्णय नेपाल राष्ट्र बैकवाट स्वीकृत भएको छ । उक्त वोनश शेयर बैकको आगामी आठौंं बार्षिक साधारण सभावाट पारित भए पछि लागु हुनेछ । यस पश्चात बैंकको कुल चूक्तापूजी रु ९९ करोड पचास लाख पुग्ने छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

फेवा विकास बैंक लिमिटेडले आ.व. २०७२-७३ को दोस्रो त्रयमासमा संचालन मुनाफा रु. १७ करोड ३३ लाख आर्जन गर्न सफल भएको थियो भने सोही अवधी सम्म निक्षेपमा गत आषाढ मसान्तको तुलनामा रु १ अर्ब १६ करोडले वृद्धीभइ रु. १० अर्ब ५३ करोड पुरयाएको छ भने कर्जातर्फ गत आषाढ मसान्तको तुलनामा रु ७३ करोडले वृद्धीभइ रु.८ अर्ब ८४ करोड पुरयाएको छ । साथै उक्त बैंकको निष्कृय कर्जाको मात्रा अत्यन्तै न्यून रहेको जानकारी नायव प्रमुख कार्यकारी अधिकृत श्री समिर शेखर बज्राचार्यले गराउनु भयो ।

देशको विषम परिस्थितिका वावजुत पनि यस प्रकारको वृद्धिलाई वैकले सकारात्मक रुपमा लिएको छ । मिति २०७२ आषाढ २८ गते देखि पोखराका दुई उत्कृष्ट वित्तीय संस्थाहरु विश्व विकास वैक लि. र फेवा फाइनान्स लि. एक आपसमा गाभिइ राष्ट्रियस्तरको फेवा विकास वैकको रुपमा कारोवार गर्दे आइरहेको छ ।

वैकले केन्द्रिय कार्यालय सहित देशका विभिन्न ठाउँहरुमा गरी २७ वटा शाखा कार्यालय मार्फत आकर्षक व्याजदरमा विभिन्न निक्षेप योजना, सहज र सरल रुपमा कर्जा योजनाको साथमाABBS ATM, SMS बैकिङ्ग सेवा, लकर सेवा, सुन धितोमा कर्जा सुविधा, रेमिट्यान्स सेवा, प्रधान कार्यालय लगायत केही शाखाहरुबाट ३६५ दिन बैकिङ्ग सेवा तथा सन्ध्याकालिन सेवा पनि प्रदान गर्दै आइरहेको छ भने न्यून आयभएका व्यक्तिलाई विपन्नवर्ग कर्जा तथा समुहमा आवद्घ लघु वित्तकर्जा पनि प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button