पोखरा. ०५ चैत्र –
हालै भारतमा सम्पन्न भएको १२ औ दक्षिण एशियाली खेलकुद (साग) मा पोखराबाट सहभागी खेलाडिलाइ आज (शुक्रबार) नगद सहित सम्मान गरीएकोे छ । खेलाडीहरुको हौसला स्वरुप नयाँ खेलाडीहरुलाई प्रेरणा जगाउने उद्धेश्यले सागमा सहभागि भएका कास्की सहित पोखराका खेलाडीहरुलाई सम्मान आज एक समारोहका विच पोखरामा सम्मान गरीएको हो ।
कास्की जिल्ला खेलकुद विकास समितिको आयोजनामा, पोखरा उप–महागनरपालिका कार्यालयको तत्वावधान, क्षेत्रिय खेलकुद विकास समितिको संयोजनमा सागमा पोखराबाट सहभागी २ वटा खेलका ४ जना खेलाडि र एक जना प्रशिक्षकलाई जनहि नगद १०÷१० हजार, सम्मान पत्रको साथमा सम्मान गरिने भएको कास्की जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बरालले बताए । १२ औ सागमा नेपालले फुटवल खेलमा स्वर्ण पदक जित्दा पोखराका हेमन गुरुङ र मनबहादुर तामाङ सहभागी भएका थिए । उनीहरु राष्ट्रिय वन्द प्रशिक्षणमा रहेको हुनाले कार्यक्रममा सहभागि भएनन । कुनै अवसरा सम्मान गरीने भएको बरालले जनाए ।
त्यस्तै उसुमा पोखरेली खेलाडि झरना गुरुङले हातमा चोट हुदा हुदै पनि रजत पदक जित्न सफल भईन । नेपालले महिला भलिवलमा कास्य पदक जितेको थियो, नेपाली टिममा पोखराकी मन्जु गुरुङ, अरुणा शाही र मनिषा चौधरीले सहभागी भएका थिए । उनीहरुलाई आज सम्मान गरीएको हो । १२ औ सागमा सहभागी भलिबलका साहायक प्रशिक्षक कौशिला खत्रीलाई पनि सम्मान गरीएको छ । सागमा सहभागि उसुका प्रशिक्षक अरुण दत्तलाइ कुनै अवसरमा सम्मान गरीने भएको छ । सुक्रबार सम्मान कार्यक्रममा उनी सहभागि भएनन ।
पोखराबाट सागमा सहभागी भएर पदक जिताउन भुमिका खेलेका खेलाडिको हौसला थप्न सम्मान कार्यक्रम आयोजना गरिएको कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यामबहादुर गुरुले बताए । खेलाडीहरुलाई पुर्व राष्ट्रिय खेलाडी तथा स्वर्ण पदक धारी चित्रबहादुर गुरुङ, साम्सद सिता गिरी ओली,पोखरा उपमहानगरपालीका कार्यालयका कार्यकारी अधिकृत झलकराम अधिकारी, नेपाली कागेंस कास्कीका सभापति कृष्ण केसी, एमाले कास्कीका अध्यक्ष कृष्ण थापा, राष्ट्रिय खेलकुद परिषदका सदस्य फक्त बहादुर गुरुङ, क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेल लगायतले सम्मान गर्दै आगामी सागको १३ औं संस्करण पोखरामा गर्न पाउनु पर्ने जोडदार माग गरेका छन ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution