पोखरा, ५ चैत्र –
पोखराका दुई लायन्स क्लबहरुले सँयुक्त रुपमा स्याङ्जाको पौवेगौडेमा गरेको आँखा शिविरमा ३ सय ६७ जनाले आँखा जाँच गराएका छन् । लायन्स क्लब अफ पोखरा पिस चौतरी र पिस सोसाईटीले सँयुक्त रुपमा आँखा शिविरको आयोजना गरेका थिए ।
हिमालयन आँखा अस्पतालको प्राविधिक सहयोगमा भएको आँखा शिविरमा १७ जना विरामीहरुको अपरेशन भएको थियो । आँखा शिविरको सँयोजन लायनकर्मी बोधराज रेग्मीले गरेका हुन् ।
आँखा शिविर संचालनपुर्व भएको औपचारिक कार्यक्रमको अवसरमा कार्यक्रमका प्रमुख अतिथि रहेका लायन विनोद ढुंगानाले सेवामुलक काम दुई वटा क्लबले सँयुक्त रुपमा मिलेर गर्नु निकै राम्रो कुरा भएको बताए ।
कार्यक्रममा पौवेगौडे गाविसका सचिव कल्पना पौडेल, ज्येष्ठ नागरिक रणबहादुर आले, समाजसेवी देवीप्रसाद रेग्मी, योगेन्द्र कार्की, नारायण रेग्मी लगाएतले बोलेका थिए ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution