लायन्स पोखरा न्यूरोड चौतारीद्वारा रक्तदान

पोखरा, ०६ चैत्र –

लायन्स क्लव अफ पोखरा न्यूरोड चौतारीको आयोजनामा रक्तदान कार्यक्रमको सम्पन्न भएको छ । पोखराको पृथ्विचोकमा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

लायन्स डिष्ट्रिक एरिया चिफ कोओडिनेटर तिर्थलाल श्रेष्ठले क्लवका पूर्व अध्यक्ष एवं मिडिया रिलेसन मेम्वर नरहरि पौडेललाई रक्तदानकोलागी ब्लड ब्याग हस्तान्तर गरी उद्घाटन गरिएको थियो ।

blood donation 2

कार्यक्रमका प्रमुख अतिथि एवं डिष्ट्रिक एरिया चिफ कोओडिनेटर तिर्थलाल श्रेष्ठले लायन्स न्यूरोड चौतारीले मानविय सेवा भावले समाजमा महत्वपुर्ण कार्य गर्दै आएको बताउदै रक्तदान जस्तो माहान कार्यगरेर मृत्यु र जीवनको दोसाँधमा रहेका नागरिकको जीवन रक्षा गरेको बताए । ‘पोखरा क्षेत्रमा रहेका क्लवहरुले ठुलो संख्यामा रक्तदान गरेर बिरामीको जीवन बचाएका छन् यदि क्लवहरुले ठूलो संख्यामा रक्तदान नगर्ने हो भने यस क्षेत्रमा रगतको निकै अभाव हुने थियो उनले भने’ । क्लवहरुले आफ्नो वार्षिक कार्यक्रम नै बनाएर रक्तदान गर्दै आएका छन ।

लायन्स क्लव इन्टरनेशनल डिष्ट्रिक ३२५ बी १ नेपालका ब्लोडडोनेट चियर पर्सन किशोर वरालले न्यूरोड चौतारीले उस्साह प्रद सहभागितामा मानविय सेवाभावले रक्तदान गरी बिरामीको जीवन बचाएको बताए । समग्र डिष्ट्रिकबाट ठूलो संख्यामा रक्तदान हुदै आएको बताउदै रगतको अभावका कारण कसैको जीवन जोखिममा पर्न नदिने प्रतिवद्धता ब्याक्त गरे ।

जोन चियर पर्सन कृष्ण वहादुर अधिकारीले न्यूरोड चौतारीले सामाजिक क्षेत्रमा गर्ने हरेका कार्य उत्कृष्ट हुने बताउदै पोखरामा हुने रगको अभावलाई मध्यनजर गरी क्लवले रक्तदान कार्यक्रमलाई आफ्नो नियमित कार्यमा राखेको बताए ।

क्षेत्रीय रक्त सञ्चार केन्द्रका टेक्निसियन महेन्द्र के.सीले यस क्षेत्रको मुख्य रक्तदाता नै लायन्स क्लवहरु रहेको बताउदै आउदा दिनहरुमा समेत कार्यक्रमहरुलाई निरन्तरता दिनको लागि आग्रह गरे । कार्यक्रममा ३५ जना रक्तदाताले रक्तदान गरेका थिए ।

कर्यक्रममा स्वगत मन्तब्य क्लवका प्रथम उपाध्यक्ष एवं कार्यक्रम संयोजक पवित्रमणी पोखरेलले गरेका थिए भने कार्यक्रम सञ्चालन क्लवका सचिव क्षत्र वहादुर बराल क्षत्रीले गरेका थिए । कार्यक्रमको अध्यक्षता क्लवका अध्यक्ष दिपक राज घिमिरेले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button