श्रीयमको मसला अब पोखरामा पनि

पोखरा, ०६ चैत्र –

माँ अन्नपूर्णा ईण्डष्ट्रिज प्रालिको उत्पादन श्रीयम मसला पोखरामा भित्रिएको छ । उक्त मसला पोखरामा विक्री वितरण शुरु भएको शनिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा प्रालिका अध्यक्ष अमित जटियाले बताए ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

हिमाली स्वादमा रहेको यो मसला उत्कृष्ट र स्वास्थ्यबद्र्धक रहेको कम्पनीले दाबी गरेको छ । प्राकृतिक स्वाद कायम रहनेगरी बनाइएको यो मसलामा अलैँची, अदुवा, बेसार, सुकमेल, जाइफल, ल्वाङ, दालचिनी, मरिचलगायतका प्राकृतिक खाद्यबस्तु मिसाएर बनाइने गरेको कम्पनीले जनाएको छ ।

२६ प्रकारका मसला बजारमा आउने गरेको र यो मसला तरकारी, मटन, चिकेन, माछादेखी पानीपुरीसम्म पनि र ममःमा समेत प्रयोग गर्न सकिने प्रा.लि.का अध्यक्ष जटियाले बताए । उनले काठमाडौंमा लोकप्रिय यो मसला पोखरा र समग्र कास्कीमा पनि उपभोक्ताको पहिलो रोजाईमा पर्ने विश्वास व्यक्त गरे ।

यो मसला थोरै राख्दा पनि हुने तथा यो मसला राखेपछि नुन बाहेक तरकारीमा केहीपनि हाल्नु नपर्ने अध्यक्ष जटियाले बताए । कम्पनीका अनुसार श्रीयम मसला मिट मसला, चिकेन मसला, करी मसला, तन्दुरी मसला, गरम मसला, रोयल गरम मसला, छोइला मसला, किचेन किङ्ग, चना मसला, सव्जी मसला, ममः मसला (भेज), ममः मसला (ननभेज), अण्डा करी मसला, चिया मसला, जलजीरा (पानीपुरी मसला), चटपट मसला, भुजा मसला, चाट मसला, माछा मसला, चाउमिन मसला र कालो मरिच पाउडर बजारमा आइसकेको छ ।

पोखरामा यो मसलाको डिलर जाल्पारोडको राज स्टोरले लिएको छ। राज स्टोर्सका संचालक भेसराज चापागाईले पोखरा क्षेत्रमा मसलाको माग बढी भएकोले आफुले उक्त मसलाको डिलर लिएको बताए । स्वास्थ्यका दृष्टिले राम्रो भएकोले पनि यो मसलाले छिट्टै बजार लिने उनले विश्वास व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button