राष्ट्रिय पोर्क महोत्सवमा बंगुरको मासु संगै परिकार बनाउने तालिम लिनेको भीड

पोखरा, ०६ चैत्र –

पोखरा रंगशालामा जारी दोश्रो राष्ट्रिय पोर्क महोत्सवमा बंगुरको मासु संगै परिकार बनाउने तालिम लिनेको भीड लागेको छ । महोत्सवमा पोखरा लाइभस्टक प्रा. लि.को उत्पादन आरिराङ पोखरा मीट प्रोडक्ट प्रालिको वितरक थापा फ्रेस हाउसको स्टलमा बंगुरको मासु किन्ने ग्राहकहरुको भीड लागेको हो । शनिबार मात्रै ५ सय केजी भन्दा बढी मासु बिक्री भएको छ । नेपालकै एकमात्र ठूलो र अत्याधुनिक ढंगबाट सञ्चालित पोखरा लाइभस्टक प्रा.लि.ले उत्पादन गरेको बंगुरको मासु फ्रेस हाउसले बिक्री गरेको हो ।

पोखराको बुद्धचोकमा रहेको फ्रेस हाउसमा बंगुरको मासु किन्ने ग्राहकहरु भीड लाग्ने गरेको भएतापनि महोत्सवमा राखेको स्टलमा ग्राहकको भीड थाम्न हम्मे हम्मे परेको सञ्चालक राजु थापा मगरले वताए । थापाका अनुसार महोत्सवमा राखिएको स्टलमा बंगुरको मासुलाई विभिन्न तरिकाले बर्गीकरण गरिएको छ । मासुलाई सादा, घाटी, रिप, लोइन,ब्लाड कोल्ड, टेण्डरलाइन, बेली र ह्याम गरी ८ भागमा बर्गीकरण गरी बिक्री गरिएको थापाले बताए ।

pork festival 2

महोत्सवमा बंगुरको मासुमात्र नभइ मासुको परिकार बनाउने तालिमले समेत दर्शकहरुलाई लोभ्याएको छ । गेट कलेज काठमाण्डौ र बंगुर ब्यवशायी संगले आफ्नो स्टलबाट बंगुरको मासुको परिकार बनाउने तालिम दिएको छ । महोत्सवमा आउने अधिकांश दर्शकहरुले उक्त तालिममा सहभागीता जनाएको सेफ कुमार चालिसेले वताए । तालिममा सेफहरु महेश ढकाल, कुमुद बिम,दिपक तिमिल्सिना लगायतले सहभागीहरुलाई सहजीकरण गरेका थिए । कलेजले शनिवार तालिम लिएकाहरुबीच आइतबार मासुको परिकार बनाउने प्रतियोगिताको आयोजना गरिएको छ । उक्त कार्यक्रमको सिप्रेड सामर्थले स्पोन्सर गरेको छ ।

पोर्क स्वस्थ सेतो मासु भन्ने मुल नाराका साथ आइतबार सम्म सञ्चालन हुने महोत्सवको शनिवार लोकदोहोरी गायक पशुपति शर्मा, प्रजापति पराजुली, शंकर बिरही गुरुङ, सीता केसी, चोलेन्द्र पौडेल लगाएतले दोहोरी मार्फत दर्शकहरुलाई मनोरञ्जन प्रदान गरेका थिएभने पोखरेली धुर्मुस र माग्नेबुढाले हाश्य प्रदर्शन मार्फत मनोरञ्जन दिलाएका थिए । आइतबार ख्याति प्राप्त लोकदोहोरी गायक पुरुषोत्तम न्यौपानेले दोहोरीमार्फत मनोरञ्जन प्रदान गर्ने आयोजक बंगुर ब्यवशायी संघ कास्कीका अध्यक्ष छ्याम बहादुर थापा मगरले जानकारी दिए ।

pork festival 3

महोत्सवमा बंगुरको मासुबाट बन्ने विभिन्न परिकारहरु बंगुरको मःमः, चाउमिन, सेकुवा, ससेज, अचार विभिन्न विदेशी परिकारहरु चाइनिज र कोरियन परिकारहरुको स्वाद महोत्सवमा आउने दर्शकहरुले लिन पाउनेछन भने महोत्सवको प्रवेश टिकटमा दर्शकहरुले टिकट बरावरको कुनैपनि पोर्क आइटमको स्वाद लिन पाउने छन । महोत्सवमा विशेष गरी बंगुर उत्पादनका लागि ब्रिडर फार्म, उपकरण, दाना, औषधि, वित्तिय संस्थाको बारे जानकारी तथा प्राविधिक परामर्श, बंगुरको बधशाला तथा प्रशोधनका वारेमा जानकारीमुलक स्टलहरु, पोर्कका विभिन्न परिकारका स्टलहरु, सेफद्वारा परिकारहरुको तयारीको प्रदर्शन, बंगुर उत्पादन देखि बजारी करणमा प्रयोग हुने विभिन्न औजारहरुको प्रदर्शनी तथा बिक्री, बंगुरको मासुको प्रशोधन तथा परिकार बनाउने सम्बन्धी तालिम, बंगुरपालक किसानहरु बीच अन्तरक्रिया, मासु उत्पादनमा प्रयोग हुने औजारहरुको प्रदर्शनी तथा बिक्री, बंगुरको दाना सम्बन्धी जानकारी, बंगुरपालनमा देखिएका संभावना तथा चुनौतीहरुको बारेमा परामर्श तथा छलफल, ख्यातिप्राप्त राष्ट्रिय तथा स्थानिय स्तरका कलाकारहरुद्धारा लोक तथा दोहोरी गीत, नृत्य, संगित, कन्सर्ट तथा विभिन्न प्रतियोगिताहरु हुनेछन ।

त्यस बाहेक महोत्सवले बंगुरपालन क्षेत्र तथा बंगुरजन्य व्यवसायको प्रबद्र्धन र विकास गर्ने, लिन पोर्कको बजारीकरणलाई प्रोत्साहन गर्ने, उपभोक्तालाई स्वच्छ तथा स्वस्थ्य वंगुरको मासु उपलब्ध गराउनको लागि बंगुर काट्न अघि र काटि सकेपछि पशु चिकित्सकद्धारा निरिक्षण गर्ने परिपाटिको बिकास गर्ने, बंगुर उत्पादनका लागि आहाराको विकास, गोठ सुधार तथा यान्त्रीकरणका लागि प्रोत्साहन गर्न, पोर्कका विभिन्न परिकारहरु रेष्टुरेन्ट तथा होटेलहरुमा समावेस गर्न प्रोत्साहन गर्नका लागी महोत्सवले उल्लेख्य भुमिका खेल्ने अपेक्षा गरिएको छ ।

महोत्सवको पोखरा लाइभस्टक प्रा. लि. बंगुर फार्मको मूख्य प्रायोजन गरेको छभने बंगुर ब्रिडर कृषक सहकारी संस्था लिमिटेडको प्रायोजन तथा क्षेत्रिय बंगुर ब्रिडर समूहको सहप्रायोजन रहेको छ । महोत्सवमा नेपाल सरकार, पशुपंक्षी बिकास मन्त्रालय पशु सेवा विभाग, पशु उत्पादन निर्देशनालय, केन्द्रिय बंगुर तथा कुखुरा प्रवद्र्धन कार्यालय, पशुपंक्षी बजार प्रबद्र्धन निर्देशनालय, क्षेत्रिय पशु सेवा निर्देशनालय, ब्यवशायिक कृषि तथा ब्यापार आयोजना, जिल्ला पशु सेवा कार्यालय कास्की, युके एड, सिप्रेड÷सामर्थको सह आयोजना रहने छ भने पोखरा उपमहानगर पालिका , जिल्ला बिकास समिती कास्की, लेखनाथ नगरपालिका, क्षेत्रिय खेलकुद बिकास समिती पोखरा , जिल्ला खेलकुद बिकास समिती कास्की,े सहयोेग रहने छ । महोत्सवमा बंगुर ब्यवशायी संघ नेपालको विशेष सहयोग रहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button