पोखरा, ०६ चैत्र –
पोखरा खेलकुदको सहर,फुटवल विकास गराउने भ्यालीको रहर भन्ने नाराका साथ २०४७ सालमा स्थापित पोखरा भ्याली स्पोट्र्स क्लवले रामबजारस्थित श्रीकृष्ण मन्दिरको प्राङ्गणमा एक समारोहका विच १२ औं संस्करणको साग फुटबल प्रतियोगितामा स्वर्ण पदक विजेता तीन खेलाडीलाई सम्मान गरेको छ ।
भारतमा सम्पन्न १२ औं सागमा फुटवल खेलमार्फत नेपाललाई स्वर्ण पदक दिलाउन सफल, पोखरा भ्याली स्पोट्र्स क्लवसँग आवद्ध रही समय समयमा क्लवबाट प्रतियोगितामा सहभागी हुने खेलाडी विशाल राई, मानबहादुर तामाङ र हेमन्त गुरुङलाई जनही पाँच पाँच हजार रुपैयासहित सम्मानपत्र, खादा, टिका लगाई प्रमुख अतिथि रामबजार सोसाईटी युकेका सल्लाहकार एवंम् समाजसेवी, क्लवका वरिष्ठ सल्लाहकार महेस गुरुङ, क्लवका अध्यक्ष नरेन्द्र गुरुङ लगायतले सम्मान गर्नुभएको थियो । कार्यक्रममा स्वर्ण पदक विजेता खेलाडीहरुलाई श्रीकृष्ण मन्दिर सञ्चालक समिति र मन्दिर आमा समुहले समेत सम्मान गरेको थियो।
प्रमुख अतिथि गुरुङले श्रीकृष्ण मन्दिरको घण्ट बजाई उद्घाटन गर्नुभएको कार्यक्रममा उहाँले मन्तव्य व्यक्त गर्नुहुदै पोखरा भ्याली स्पोट्र्स क्लवले राष्ट्रिय फुटवल खेलाडी सम्मान कार्यक्रम आयोजना गरेकोमा खुशी व्यक्त गर्नुहुदै नेपालको झण्डामुनी बसी टिभी च्यानलमा प्रतियोगिता हेरी सपोर्ट गरी फुटवलको हौसला बढाई रहेको अवस्थामा आज आफ्नै हातबाट सम्मान गर्न पाउदा अत्यन्तै हर्षित भएको बताउनुभयो । उहाँले स्वर्ण पदक विजेता खेलाडीहरुलाई बधाई ज्ञापन गर्नुहुदै खेलकुद विकासका लागि अझै एक जुट हुनुपर्ने बताउनुहुदै खेलकुद विकास गर्न पोखरा भ्याली स्पोट्र्स क्लवलाई आवश्यक पर्ने सहयोग गर्न तयार रहेको बताउनुभयो ।
कार्यक्रममा सम्मानित खेलाडीको तर्फबाट मानबहादुर तामाङले मन्तव्य व्यक्त गर्नुहुदै क्लवले आफुहरुलाई गरेको सम्मानको उच्च मुल्यांकन गर्दै क्वलाई आवश्यक परेको र समय मिलेको अवस्थामा क्लवको तर्फबाट खेल खेलेरै भए पनि खेलकुद विकासका लागि सहयोग गर्नु बताउनुभयो ।
उक्त कार्यक्रममा क्लवका वरिष्ठ सल्लाहकार तथा कार्यक्रमका प्रमुख अतिथि महेस गुरुङ, सल्लाहकार गणेशकुमार प्रधान, सुनिल गुरुङ, दिपेन्द्र केसी, लोकतान्त्रिक खेलकुद संघ कास्कीका नवनिर्वाचित अध्यक्ष ओमबहादुर बस्नेतलाई समेत माला, खादा र टिका लगाई सम्मान गरिएको थियो ।
कार्यक्रममा श्रीकृष्ण मन्दिर सञ्चालक समितिका अध्यक्ष ज्ञानबहादुर थापा, आमा समुहका अध्यक्ष मीना भण्डारी, गणेशकुमार प्रधानले पोखरा भ्याली स्पोट्र्स क्लवलाई सहयोग गर्ने बताउनुहुदै क्लवले सबैलाई समेटेर लैजानु पर्ने सुझाव दिनुभयो ।
क्लवका अध्यक्ष नरेन्द्र गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रथम उपाध्यक्ष खेम गुरुङले स्वागत र संचालन महासचिव प्रितम गुरुङले गर्नुभएको क्लवका द्धितिय उपाध्यक्ष सम्मरबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution