पोखरा,०७ चैत्र –
पोखरा नेपाल संवत ११३६ को उपाधी पोखरा मोहोरियाटोलका एलिशा जोशीले जितेकी छिन । शनिबार पोखरामा सम्पन्न प्रतियोगितामा अन्य १८ प्रतिस्पर्धीलाई पछि पार्दै जोशीले मिस नेवा पोखराको ताज पहिरिएकी हुन । प्रमुख निर्णायक नरेशबिर शाक्यले आमाको आँसु र हाँसो मध्य के कुराले संबेदनशिल बनाउछ भन्ने अन्तिम प्रश्नमा उत्कृष्ट ५ प्रतिस्पर्धी मध्य जोशीले सबैभन्दा उत्कृष्ठ एवम सान्र्दभिक उत्तर दिएर निर्णायकको मन जितेका थिए ।
मिस नेवाः पोखरा ११३६ का विजेता जोशीले ४० हजार नगदका साथ स्वराज गहना मोहोरियाटोलको सौजन्यमा १८ तोलाको चाँदीको ताज सहित बिभिन्न गिफ्ट हयाम्पर प्राप्त गरिन । उनले मिस ट्यालेण्टको टाइटल समेत जितिन । यसै गरि फस्ट रनरअप सुबी तण्डुकारले बेस्ट स्माइल र बेस्ट पर्सनालिटीको टाइटल जितिन । उनले नगद २५ हजार तथा आकर्षक गिफ्ट हयाम्पर प्राप्त गरेकी छिन । सेकेण्ड रनरअप सन्ध्या श्रेष्ठले १५ हजार नगदसहित प्रमाणपत्र र आकर्षक उपहारहरु प्राप्त गरिन । यसैगरि मोस्ट फ्रेण्डलीको टाइटल दिपिका श्रेष्ठ, मिस फोटोजेनिक र मिस बेस्ट नेवारी ल्याङ्गवेजको टाइटल करिस्मा साईले जितिन । प्रत्यक टाइटल अवार्ड बिजेताले जनही ५ हजार रुपैया, प्रमाणपत्र र उपहार प्राप्त गरेका छन् ।
कार्यक्रममा मिस नेवा ११३४ रुचि श्रेष्ठ, नारायण श्रेष्ठ, रबि श्रेष्ठ, नरेशवीर शाक्य, बसन्त उदास, ईन्द्रकमल मानन्धर, बसन्तराज श्रेष्ठ निर्णायकका रुपमा रहेका थिए । नेवा खलः कास्कीका अध्यक्ष अशोक पालिखेले नेवार एक जाती मात्रै होइन सभ्यता पनि हो भन्दै नेपालको परिचय संग यसको भाषिक, मौलिक संस्कृति र बास्तुकलाले बिशेष महत्व बोकेके कुरामा जोड दिए । उनले मिस नेवाका प्रतिस्पर्धी सबै नेवारी संस्कृति र संस्कारको रोल मोडल बनेकोले यसको प्रवद्र्धन गर्नका लागि थप जिम्मेवारी थपिएकोले सोही अनुसार गर्न आग्रह गरे । कार्यक्रममा बोल्दै संयोजक सुविन्द्र श्रेष्ठले यो सौन्दर्य प्रतियोगिता मात्रै नभएर बिशुद्ध साँस्कृतिक सौन्दर्य प्रतियोगिता भएको जसले नेवारी सभ्यता र संस्कारलाई युवा पुस्तामा पुर्याएर उनीहरुलाई भाषा संस्कार र संस्कृति हस्तान्तरण गर्ने अभियान पनि भएको बताए । कार्यक्रमको सञ्चालन सारा बजिमय र रेस्मा श्रेष्ठले गरेका थिए ।
अन्तिम प्रतिस्पर्धाको प्रतिस्पर्धीहरुमा भैरबटोलका करिस्मा साई, रामबजारका सन्ध्या श्रेष्ठ, सुवि तण्डुकार, सुरक्षा तझ्या र मौनता कर्माचार्य, हेम्जाका ज्योती श्रेष्ठ, पृथ्बीचोकका सेलिका श्रेष्ठ र एनी श्रेष्ठ, रानीपौवाका अनिशा तझ्या, सुस्मा श्रेष्ठ र सन्जु श्रेष्ठ रहेका छन् । यसैगरि मोहोरिया टोलका अस्मिता बज्राचार्य, एलिशा जोशी, सिंहनाथटोलका श्रेंयका प्रधान, सृजनाचोकका सदिक्षा मल्ल, बगरका निशा श्रेष्ठ, लामाचौरका रोजिना श्रेष्ठ र तनहँु डुमे्रका अस्मिता श्रेष्ठ, मालेपाटनका दिपिका श्रेष्ठ रहेका थिए।
कार्यक्रमको कोरियोग्राफी निशा प्रजापति र नेहा बिजुक्छेले गरेका थिए । मिस नेवाका प्रतिस्पर्धीहरुको फोटोसुट सुरज श्रेष्ठले गरेका हुन । मिस नेवा शुरु गरेदेखि नेवार युवतीहरुले मौलिक बाजा बासुरी, धिमे बाजा बजाउन प्रशिक्षण, भाषा तालिम, क्वाँटी खाने मेला कै रुपमा आयोजना गरी नेवारी सँस्कृतिमा योगदान पुर्याउदै आएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution