पोखराको दुई ठाउमा बंगुर बध गर्ने अत्याधुनिक बध स्थल

  • पोखरा न्यूज
  • २०७२ चैत्र ८
पोखराको दुई ठाउमा बंगुर बध गर्ने अत्याधुनिक बध स्थल

पोखरा, ०८ चैत्र – 

पर्यटकीय शहर पोखरामा अझैपनि मासु काट्नका लागी बध स्थल निर्माण हुन सकेको छैन । पोखरामा पाइने अधिकांश मासुहरु खुल्ला आकाशमा मनपरी ढंगले वध गरेर प्रयोगमा ल्याइने गरेका छन । वेला वेलामा पोखरा उपमहानगरपालिकाले बध स्थल निर्माणको कुरा गर्ने गरेको भएतापनि अझैसम्म कहिले बन्ने हो भन्ने निश्चित छैन ।

सरकारी तबरबाट यसको कुनै सुनुवाइ नभएतापनि निजी स्तरमा भने पोखराको दुईठाउमा बंगुरलाई लक्षित गरेर वध स्थल निर्माण गरी सञ्चालनमा ल्याइएको छ । नेपालकै ठूलो बंगुर फार्म पोखरा लाइभस्टक प्रा.लि. रिठेपानी र यती लाइभस्टक प्रा.लि. मझेरीपाटनले प्याक्टको सहयोगमा निजी स्तरमानै पोखरामा पहिलोपटक बध स्थलको निर्माण गरेका हुन । यी दुई फार्म हाउसले बंगुरलाई लक्षित गरी बधस्थल सञ्चालनमा ल्याएका हुन ।

pork in pokhara 2

यो वधस्थल लाई सञ्चालन गरी पोखरा र आसपासका क्षेत्रमा बंगुरलाई अत्याधुनिक तबरले बध गर्न र बंगुरको मासुलाई विभिन्न तरिकारले बर्गीकरण गर्नका लागी सोमबारदेखि पोखरामा तीन दिने मासु काट्ने तालिममो शुरु भएको छ । पोखरा १४ मझेरीपाटनमा रहेको यती लाइभस्टक प्रा.लि.को बध स्थलमा सुरु भएको तालिममा नेपाल भरका २० जना बंगुुरपालक किसानहरु सहभागी रहेका छन । तालिममा सहभागीहरुले विशेष गरी बंगुरको बध र बंगुरको मासुको भागहरुको बर्गीकरण र मासुबाट बन्ने परिकार निर्माणका बारेमा जानकारी लिनेछन ।

सिप्रेड सामर्थको आयोजना र युके एडको सहकार्यमा सञ्चालित तालिममा पुम नेदरल्याण्डसका सिनियर एक्सपर्ट पीटर कोनिङले सहजीकरण गरेका छन । नेपालमा बेला बेलामा आयोजना हुने तालिमको सहजीकरण गर्दै आइरहेका पीटर कोनिङले यस्ता तालिमले बंगुर पालक किसान संगै फ्रेस हाउस सञ्चालकहरुलाई फाइदा हुने वताए । अझैपनि नेपालमा मासु काट्न प्रयोेग हुने बध स्थलको निर्माण हुन नसक्नु दुखद कुरा भएको वताउदै कोनिङले निजी स्तरमा सञ्चालित फार्महरुको बधशाला प्रयोग गरी मासु काट्न सके ग्राहकहरुले गुणस्तरी मासु पाउन सक्ने उनको भनाइ रहेको थियो ।

तालिमका अर्का सहजकर्ता आयोजक संस्था सिप्रेड सामर्थका लाइभस्ट पोर्टफुली एड्भाइजर डाक्टर नन्द प्रसाद श्रेष्ठले सिप्रेडले वेला वेलामा नेपालका बंगुरपालक किसानहरुलाई बधस्थलको बारेमा तालिम दिदै आइरहेको र सोही सन्दर्भमा पोखरामा तालिमको आयोजना गरिएको वताए । अझैपनि बंगुरलाई बध गर्दा अत्याधुनिक तवरले नभइ पुरानै तरिकारले गरिरहेको सन्दर्भमा यो तालिमले ठूलो सहयोग पुग्ने उनको भनाइ रहेको थियो । तालिममा बिशेषगरी बंगुरको बध गर्ने र बध गरिसकेपछि मासुबाट कस्ता किसिमका परिकारहरु बनाउन सकिन्छ भन्ने बारेमा सैद्धान्तिक र ब्यवहारिक रुपमा सहजीकरण गरिने श्रेष्ठले वताए ।

तालिममा सहभागी थापा फ्रेस हाउस पोखराका सञ्चालक राजु थापाले आफुले कोरियामा पनि बध र मासु निर्माण सम्बन्धी तालिम लिएको भएतापनि आफ्नै ठाउमा तालिम हुनु खुसीको कुरा रहेको वताए । उनले भने अझैपनि नेपालमा खुल्ला आकास मुनि स्याउला, प्लाष्टिक ओछ्याएर मासु काट्ने चलन छ यसरी बध स्थलमा मासु काट्ने बानीको बिकास गर्न सके ग्राहकलाई रोजेको जस्तो मासु उपलब्ध गराउन सकिने छ । पोखरामा भर्खरमात्र बध स्थल सञ्चालनमा ल्याइएको र आफ्नो फ्रेस हाउसले बध स्थलबाट उत्पादन गरिएको मासुको बिक्री गर्दै आइरहेको थापाले वताए ।

बंगुरमा मात्र नभइ अन्य जनावरहरुको पनि बध स्थलको निर्माण गरी बध गर्न सकेको खण्डमा ग्राहकले स्वस्थ मासु र अर्डर अनुसारका मासुको परिकार पाउन सक्ने थिए । त्यसैले यसबारेमा सम्बन्धीत निकायले सोच्न जरुरी देखिन्छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस