अपाङ्गता भएका युवाहरुमा यौन तथा प्रजनन् चेतनाको स्तर कम

  • पोखरा न्यूज
  • २०७२ चैत्र ८
Post Thumbnail

पोखरा, ०८ चैत्र –

अपाङ्ग भएका यूवाहरुमा यौन तथा प्रजनन चेतनाको स्तर कमी भएको पोखरामा आयोजित एक कार्यक्रममा औल्याईएको छ । मेरी स्टोप्स ईन्टरनेशनलको आयोजनामा भएको “नेपालका अपाङ्गता भएका युवाहरुको यौन तथा प्रजनन स्वास्थ्यका आवश्यकताहरु” विषयक एक दिने अन्र्तक्रिया तथा परामर्श कार्यक्रममा सहभागी सरोकारवालाहरुले यस्तो औँल्याइएको हो । उनीहरुमा परिवार नियोजनका समग्र आधुनिक तरिकाहरु र गर्भपतनको कानुनी व्यवस्थाको बारेमा चेतनाको स्तर कम रहेको तथा यसबारे गलत धारणा समेत रहेको मेरी स्टोप्सका को अर्डिनेटर शुष्मा थापाले बताउनुभयो । अन्र्तक्रियाका क्रममा उठेका प्रश्नहरुको जवाफ दिदै थापाले परिवार नियोजनका अस्थाई तथा स्थाई उपायहरुको बारेमा जानकारी गराउनुभएको थियो । ‘‘अस्थाई साधनहरु प्रयोग गर्दा मानिसको स्वास्थ्यमा प्रत्यक्ष असर गर्छ भन्ने गलत धारणा समाजमा अझै छ” उहाँले भन्नुभयो । यौन अधिकार र प्रजजन क्रियामा अपाङ्ग र सवलाङ्ग भन्ने विभेद नै हुन नहुँनेमा उहाँले प्रष्ट पार्नुभयो ।

मेरी स्टोप्स तथा स्वास्थ्य सम्बन्धि सेवा प्रदायक संस्थाहरुमा अपाङ्गता भएका व्यक्तिहरुको सजिलै पहुच पुग्न नसकेकाले पनि गलत धारणा कायम रहेको सहभागिहरुको गुनासो थियो । १८ वर्ष उमेरदेखि ४० वर्षसम्मका व्यक्तिहरु सहभागि उक्त कार्यक्रममा अपाङ्ग भएका युवाहरुमा एसआरएचको बारेमा भएको चेतनाको तह, एसआरएचका आवश्यकता र उनीहरुको एसआरएच सेवाहरुमा पहुँच र प्रयोग गर्दा सामना गर्नुपरेका अवरोधहरुको बारेमा महत्वपूर्ण जानकारी प्रदान गरिएको थियो । कार्यक्रममा अपाङ्ग भएका व्यक्तिहरुको आवश्यकता परिपुर्तिका लागि निति र कार्यक्रमहरु आवश्यक रहेको समेत जानकारी गराईएको थियो । सेन्टरले गत वर्ष पनि अपाङ्गता भएका व्यक्तिहरुको यौन तथा प्रजनन सम्बन्धमा तथ्यांक सार्वजनिक गर्ने कार्य सम्पन्न गरेको थियो ।

कास्की नेत्रहिन संघको सभाहलमा सम्पन्न उक्त कार्यक्रमको संचालन नेत्रहीन युवा संघका महासचिब रामचन्द्र गैह्रेले गर्नुभएको थियो ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस