श्री बाल बिकास निम्न मा बी मा पोखरा पिस सिटीद्वारा पुस्तकालय स्थापना

पोखरा, ०९ चैत्र –

तनहुँ जिल्ला अरुणोदय गाविस ५ टक्रेभञ्ज्याङ स्थित श्री बाल बिकास निम्न मा बी मा लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी १ नेपाल अन्र्तगतको लायन्स क्लब अफ पोखरा पिस सिटीले पुस्तकालय स्थापना गरि गत सोमवार उद्घाटन गरेको छ ।

लायन्स डिष्ट्रिक्ट ३२५ बी १ नेपाल अन्र्तगतको नेपाल लायन्स फाउण्डेशन र लायन्स क्लब अफ पोखरा पिस सिटीको आर्थिक सहयोगमा ग्रामीण भेगका सामुदायिक बिद्यालयमा सुविधा सम्पन्न स्तरिय पुस्ताकालायको स्थापना गर्ने उद्धेश्य अनुरुप लायन्स क्लब अफ पोखरा पिस सिटीको पहलमा श्री बाल बिकास नि मा बी लाई करिव २ लाख रुपैया बराबरको आवश्यक शैक्षिक सामाग्री साथै भौतिक सामाग्रीहरु सहितको पुस्तकालय स्थापना गरेको छ ।

पुस्तकालयको उद्घाटन गर्दै डिष्ट्रिक्ट ३२५ बी १ नेपालका डिष्ट्रिक गर्भनर ध्रुर्व बहादुर थापाले पुस्तकालय स्थापना गर्नु मात्र ठुलो कार्य नभई यसको सदुपयोग महत्वपुर्ण भएको बताए । गर्भनर थापाले लायन्सले कम अवसर प्राप्त जनमानसमा आवश्यकताको पहिचान गरि जहाँ जे जस्तो आवश्यकता पर्छ तत्कालै उक्त सेवा उपलब्ध गराउने लक्ष्य सहितको यस बर्षको नारा सार्थक बनाउन पिस सिटी सफल रहेको बताए । उनले लायन्सले गर्ने मानविय सेवामा कहि न कहि फरकपन महशुष गराई गरिने गुरणस्तरीय कार्य अन्र्तगत दुर दराजमा रहेका सर्बसाधारण जनताका घर आँगनमा सञ्चालित सामुदायिक बिधालयमा स्तरिय सुविधा सम्पन्न पुस्ताकालय सञ्चालन गरि समाजको चेतनाको स्तरलाई उकास्न ग्रामीण बस्तीहरुका बिद्यालय र समुदायमा शैक्षिक समाग्रीहरु बितरण गर्नु रहेको बताए ।

श्री बाल बिकास मा बी को प्राङ्गणमा आयोजित उक्त कार्यक्रममा बिधालय ब्यबस्थापन समितिका अध्यक्ष ईमान सिं थापा, बिद्यालयका प्र अ राम्जी सिग्देल, छिमेकी बिद्यालय बुद्धि बिकास प्रा बी का सह प्र अ पार्वती सिग्देलले लायन्सले आफ्नो बिधालयहरुमा स्तरिय पुस्ताकालाय सञ्चालन गरेर समग्र समाज प्रति अतुनिय कार्य गरेको बताउदै लायन्सको यस सहयोगको उचित र ब्यवस्थित ब्यवस्थापन गरि आकर्षक पुस्ताकालय बिस्तारमा लाग्ने बताए ।

लायन्स क्लब अफ पोखरा पिस सिटीका अध्यक्ष टंकराज अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रिजन चेयरपर्सन छवीलाल शर्मा, क्लबका सस्थापक अध्यक्ष सुदीपराज ढुंगाना, पुर्व अध्यक्ष प्रशान्तराज धमला, कोषाध्यक्ष हरीराम पराजुली, सह कोषाध्यक्ष एवं कार्यक्रम संयोजक अर्जुन सिग्लेल लगायतले आ–आफ्नो भनाई राखेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button