पोखरा, ०९ चैत्र –
पोखराका विभिन्न क्षेत्रमा क्रियासिल महिलाहरुले एकसाथ होली मनाएका छन् । सामाजिक जागरणका लागि नारी अभियान पोखराले विकृतिलाई हटाउ , संस्कृतिलाई जोजाउदै सुसव्य समाज निर्माण गरौ भन्ने उद्घोषका साथ होली मनाएको हो ।
पत्रकार, अधिकारकर्मी, विभिन्न राजनितीक दलका नेता, उद्यमी, इञ्जिनीयर, समाजसेवी, आमा समुह टोल विकास संस्थाका प्रतिनीधीहरु, व्युटीसियन, लगायतका सवै क्षेत्रका महीलाहरु एकै स्थानमा भेला भएर पहीलोचोटी पोखरामा होली मनाएका हुन् ।
कार्यक्रममा वोल्दै अभियन्ता तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सुष्मा पौडेलले हरेक धर्म संस्कृति र सस्कारका विकृति विसंगती हटाउदै यथार्थ व्याख्या गरीनुपर्नेमा जोड दिइन् । साथै जसरी होलीमा हरेक रंगहरुले रंगिदा पनी अनुहारमा खुसी र सद्भाव हुन्छ त्यसैगरी जिवनमा पनी दुख, सुख आनन्द, दर्द लगायतका जुनसुकै रंगले रंगीएपनी जीवनलाई सदैव खुसी र आनन्दको रंगले रंगाउनुपर्ने र द्धैस भावनालाई रंग पखालेझै पखाल्नुपर्नेमा जोड दिइन् ।
त्यस्तै कार्यक्रम संयोजक अञ्जु केसीले हरेक क्षेत्रका महीलाहरुको आत्मियता वढाउने उदेश्यले उक्त कार्यक्रम आयोजना गरीएको वताइन् । त्यस्तै सह संयोजक ममता गुरुङ र उर्मीला पौडेलले कार्यक्रममा स्वागत गदै सामाजीक जागरणका लागी नारी अभियानको गतिविधी वारे प्रकाश पारेका थिए ।
कार्यक्रममा उपस्थीत सवैले शुभकामना आदनप्रदान गर्दैै हरेक क्षेत्रका महीलाहरु एकजुट भएर लाग्नुपर्नेमा जोड दिएका थिए ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution