अनेरास्ववियुको होली अनाथसँग

  • पोखरा न्यूज
  • २०७२ चैत्र ९
Post Thumbnail

पोखरा, ०९ फागुन –

अनेरास्ववियु भूगोल जिल्ला कमिटी कास्कीले यस पालीको होली अनाथ बालबालिका सँग मनाएका छन् । पोखरा– १६ वाटुले चौरमा रहेको अन्नपुर्ण आत्म निर्भर बाल आश्रमका बालवालिकाहरुलाई स्टेसनरी साम्रगी हस्तान्तरण गर्दै कमटीले यसपालीको होली मनाएको हो ।

कार्यक्रममा होलीको शुभकामना दिदै अनेरास्ववियुका केन्द्रय उपाध्यक्ष रश्मी आचार्यले अनेरास्ववियुले उठाउने मुद्दा बालबालिकाको लागी भएको भन्दै अव अनेरास्ववियुले प्रत्येक जिल्लाबाट एक जना विपन्न वालवालिकालाई दश कक्षा सम्म निशुल्क पढाउने अभियान चलाएको बताए । उनले अनेरास्ववियुले स्थापना देखी नै विद्यार्थीको हितका लागी लड्दै आएको भन्दै अझ धेरै शैक्षिक मुद्दालाई उठाएर अनेरास्ववियु देशकै ठुलो नेता विद्यार्थी सङ्गठन बन्न चाहेको बताए ।

children home 2

कार्यक्रममा वोल्दै अनेरास्ववियु भुगोल जिल्ला कमिटीका अध्यक्ष शेखर गौतमले अनाथ बालबालिका पनि हाम्रै समाजको हिस्सा भएको भन्दै आफुले सक्दो सहयोग गरि होली मनाएको बताए । त्यस्तै आश्रमको तर्फबाट बोल्दै आश्रमकी कर्मचारी चन्द्रा थापाले यहाका बालबालिकामा आफै गरै र सक्षम बनै भन्ने मान्यतामा अगाडी बढेको भन्दै आश्रमबाट बालबालिकाले शैद्धान्तिक मात्र नभई व्यवाहारीक ज्ञान पनि पाउने बताईन ।

कार्यक्रममा अनेरास्ववियुले करिब आठ हजार बराबरको स्टेसनरी सामाग्री आश्रमलाई प्रदान गरेका थिए ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस