होलीमा आई लभ यु भन्दै यसरी झुम्यो भद्रगोल टोली – हेर्नुहोस रमाइलो भिडीयो

  • पोखरा न्यूज
  • २०७२ चैत्र ९
होलीमा आई लभ यु भन्दै यसरी झुम्यो भद्रगोल टोली – हेर्नुहोस रमाइलो भिडीयो

काठमाडौँ, ०९ चैत्र –

हाँस्य टेलिश्रृंखला भद्रगोल टोलीले दर्शकहरुसँग नाचेर होली मनाएका छन् । राजधानीको सिनामंगल र गोंगबुमा कार्यक्रमको आयोजना गर्दै उनीहरुले दर्शकहरुसँग होली मनाएका हुन् ।

होली विशेष कार्यक्रममा कुमार कट्टेल (जिक्रि), अर्जुन घिमिरे (पाँडे), हरिस निरौला (कक्रोज), सागर लामीछिने (बले) लगायत सम्र्पूण टोली सहभागि थिए । उक्त कार्यक्रममा अहिले चर्चामा रहेको आई लभ यु गीतको गायिका इन्दिरा जोशी र गायक सरोज ओली पनि उपस्थित थिए । उनीहरुले गाएको आई लभ यु बोलको गीतमा हाँस्य टेलिश्रृंखला भद्रगोलका सम्पूर्ण कलाकारको साथमा दर्शकहरु समेत झुमेका छन् ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस