युनाइटेड क्वले रुपा ज्योति माविको लागि अक्षयकोष स्थापना गर्ने

  • पोखरा न्यूज
  • २०७२ चैत्र ९
Post Thumbnail

पोखरा, ०९ चैत्र –

पोखराको स्थानिय युनाइटेड क्लवले रुपातालको किनारमा रहेको स्थानिय रुपाज्योति माबिमा ५० हजारको छात्रवृत्ति अक्षयकोष स्थापना गर्ने भएको छ । पोखरामा अन्तराष्ट्रिय स्तरको चिडियाखाना निर्माण गर्ने उद्देश्यका साथ स्थापना भएको क्लवले आफ्नो कार्ययोजना शिक्षा, स्वास्थ्य र खेलकुद अन्तर्गत विद्यालयमा गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई लक्षित गरेर ५० हजारको अक्षयकोष स्थापना गर्ने भएको हो ।

क्लवका अध्यक्ष हिमालय बख्रेलले फागु पुर्णिमाको अवसरमा आयोजना गरिएको रुपा तालवेशी फागु मेलाको उद्घाटन गर्दै महोत्सव स्थल समेत रहेको विद्यालयलाई अक्षयकोष स्थापनाका लागी ५० हजार प्रदान गर्ने वताएका हुन । विद्यालयलाई मात्र नभइ उक्त क्षेत्रको स्थानियहरुलाई लक्षित गरेर महोत्सव आयोजक सप्तरंगी युवा क्लव संग सहकार्य गरी बृहत स्वास्थ्य शिविर समेत सञ्चालन गर्ने अध्यक्ष बख्रेलले वताए ।

united club 2

अर्को वर्षको फागु महोत्सवलाई भब्य र सब्य बनाउनका लागी युनाइटेड क्लवको तर्फबाटसक्दो सहयोग गर्ने वताउदै अध्यक्ष बख्रेलले लेखनाथको पचभैया क्षेत्रमा निर्माण हुन लागेको चिडियाखानामा तीन किलोमिटर क्षेत्रमा तारबार लगाउने काम छिट्टै शुरु गरिने समेत वताए । महोत्सवमा वोल्दै सप्तरंगी युवा क्लवका संरक्षक तथा महोत्सवका सल्लाहकार कमल बहादुर थापाले रुपातालको संरक्षण संगै नेपालीहरुको मौलिक पर्व होलीलाई उजागर गर्नका लागी महोत्सवले टेवा पुरयाउने वताए ।

united club 3

कार्यक्रममा समाजसेवी कमला थापा, कुशल थापा लगायतले रुपा तालवेशी फागु महोत्सवको वारेमा वोलेका थिए । बुधबार सम्म सञ्चालन हुने महोत्सवमा स्थानिय तथा राष्ट्रिय स्तरका कलाकारहरु द्धारा लोकदोहोरी, छेलो हान्ने, रस्साकसी, विद्यालय स्तरीय हाजिरीजवाफ प्रतियोगिता, भलिवल प्रतियोगिता हुने आयोजकले जनाएको छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस