अखिल नेपाल यातायात मजदुर संघ कास्कीको ५ औं सम्मेलन सम्पन्न

पोखरा, ०९ चैत्र –

अखिल नेपाल यातायात मजदुर संघ कास्कीको ५ औं जिल्ला सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले रशेम वं शिंखडाको अध्यक्षतामा ३५ सदस्यीय नयाँ कार्य समिति गठन गरेको छ । कार्य समितिको उपाध्यक्षमा प्रकाश उदासी र रमेश कोईराला रहनुभएको छ भने सचिवमा लेख वं गुरुङ्ग, सह–सचिवमा मिलन शर्मा र कोषाध्यक्षमा नरमान गुरुङ्ग चयन हुनुभएको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

समितिका सदस्यहरुमा गुण्डा श्रेष्ठ, अशोक चोधरी, अर्जुन पौडेल, राजु वयलकोटी, विदुर रेग्मि, सिताराम थपलिया, मोहन गुरुङ्ग, मधुसुुधन पौडेल, दिपेन्द« गिरी, जनक गौतम, राम वं दर्जी, राज तामाङ्ग, पूर्ण जि. सी., धनराज सुवेदी, धनदेव तामाङ्ग, गंगा वं गुरुङ्ग, धर्म वं सेन, टुक वं सिंजाली, जगत गुरुङ्ग, राजु शाही, नारायण शर्मा, अनील गुरुङ्ग, कृष्ण अधिकारी, विन्दुराज घिमिरे, गिरी वं थापा, विशाल वानिया, दिपक पाण्डे, शेर वं क्षेत्री र निलकण्ठ शर्मा रहनुभएको छ ।

सम्मेलनले ४ जनाको सल्लाहकार समिति समेत चयन गरेको छ । समितिका सदस्यहरुमा रमेश वि. क. , रत्न के.सी, छोईसाङ्ग तामाङ्ग र लक्ष्मण ओझा रहनुभएको छ । कार्यक्रममा वोल्दै प्रमुख अतिथि एकिकृत नेकपा माओवादीका पोलिट व्यूरो सदस्य तथा प्रदेश नं. ४ का इन्चार्ज डिलाराम आचार्यले नेपालका समग्रह मजदुरहरु एकजुट भएर एकआपसमा सहयोगि भावनाहरु वाडेर माक्र्सवादले देखाएको बाटोमा हिड्नु पर्नेबारे जोड दिनुभयो ।  यसैगरी राज्यतर्फबाट सिन्डिकेटतिर ध्यानाकर्षण गरउनुपर्नेबारे वोल्नुहुँदै उहाँले नेपालको समग्रह विकासका लागि सिन्डिकेट अन्त्य गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा एकिकृत नेकपा माओवादी केन्द्रीय सदस्य तथा कास्की जिल्ला इन्चार्ज राजकाजी तमु (करण), अखिल नेपाल ट्रेड युनियन महासंघ प्रदेश नं ४ का सचिव राजेन्द्र न्यौपाने ,प्रदेश नं. ३ अध्यक्ष जगत सिंखडा, अखिल नेपाल ट्रेड युनियन महासंघ कास्की अध्यक्ष रुद्र गौतम, यातायात व्यवसायी धर्म अधिकारी, गोकर्ण लम्साल, ऐनकुमार शाही र केदार पौडेल लगायतले मजदुरहरु पेशा तथा राजनीतिक अधिकार बारे परष्ट हुनुपर्ने बारे बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button