पोखरा, १० चैत्र –
पोखरा मासबार स्थित स्टेप वाई स्टेप उच्च मा.वि. मा हाल कक्षा १० मा अध्यनरत एस.एल.सी. प्रवेशिका परीक्षामा सम्मिलीत हुन लागेका सम्पूर्ण विद्यार्थीहरुलाई विदाइ तथा शुभकामना प्रदान गर्ने कार्यक्रम सम्पन्न भयो । बिद्यालयका संस्थापक निर्देशक रमाकान्त बरालको सभापतित्वमा संचालित उक्त कार्यक्रममा विद्यालयका संस्थापक प्रिन्सिपल निर्मला बरालले मिलन भए पछि बिछोड त अनिवार्य कुरा हो तर पनि एस.एल.सी. परीक्षा उत्तिर्ण गरेपछि समेत कक्षा ११ र १२ का लागि बिज्ञान र व्यवस्थापन विषय अध्ययन गर्न चाहने बिद्यार्थीे हरुका लागि यसै बिद्यालयमा अवसर रहेकाले सो अवसरलाइ समेत विद्यार्थीहरुो उपयोग गर्नेछन् भन्ने विश्वास व्यक्त गर्नु भयो । त्यसै गरी प्रिंन्सिपल बरालले संपूर्ण विद्यार्थीहरुलाई यस एस.एल.सी. परीक्षामा पूर्ण सफलताको शुभकानमा प्रदान गर्नुका साथै जीवनमा सकारात्मक सोच राखेर अगाडी बढेमा प्रत्येक पाइला सफल हुने समेत सुझाब प्रदान गर्नुभयो ।
कार्यक्रममा बिभिन्न अतिरीक्त कृयाकलापका बिजेता र पढाइतर्फ कक्षामा प्रथम ,द्वितीय तृतीय र सान्त्वना स्थान प्राप्त गर्ने बिद्यार्थीहरुलाई पुरस्कृत समेत गरिएको थियो।
उक्त विदाई कार्यक्रममा बिद्यालय संयोजक सूर्य प्रसाद लम्सालले स्वागत मन्तब्य राखेका थिए भने विद्यालयका एकेडेमिक काउन्सिलर राम चन्द्र उपाध्याय साथै बिद्यार्थीहरु को तर्फबाट विकल बराल, सरस्वती पोख्रेल र बिपना खनालले समेत आ–आफ्नो मन्तब्य राखेका थिए । कार्यर्कमको संचालन तथा सहजीकरण बिद्यालयका शिक्षक युवराज लामिछानेले गरेका थिए । कार्यक्रमको अन्त्यमा सभापतिको आसनबाट कार्यक्रमको समापन गर्दे संस्थापक रमाकान्त बरालले. विदाइको बेलामा सबैमा दुख लाग्नु स्वभाविकै हो तापनि सबल, सक्षम, कर्तब्यनिष्ठ र लगनशिल. बिद्यार्थीहरु उत्पादन गरी बिदाई गर्न पाएकोमा निकै खुशि प्रकट गर्नु भएको कुरा बिद्यालयका अतिरीक्त क्रियाकलाप इन्चार्ज जगन्नाथ घिमिरेले जनाएका छन् ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution