भुकम्प पीडित लाप्राकवासीलाई २ लाख ४५ हजार सहित शैक्षिक सामग्री सहयोग

पोखरा, १० चैत्र –

गत बैशाख १२ र २९ गतेको महाभुकम्पबाट गोरखाको लाप्राकगाउँ नै विस्थापित भई गुप्सीपाखामा बस्न बाध्य भएका भुकम्प पीडितलाई २ लाख ४५ हजार रुपैया राहत र शैक्षिक सामग्री विद्यार्थीहरुलाई बुधवार एक कार्यक्रममा विच सहयोग हस्तान्तरण गरिएको छ ।

भुकम्प पीडितको राहतमा जुट्नु भएकी पोखरा ११ फूलवारीस्थित कञ्चनजङ्गा बोर्डिङ स्कुलका व्यवस्थापन समितिका अध्यक्ष समाजसेवी लक्ष्मी गुरुङले १ लाख, पाखेरेली दिदिवहिनी समुह जापानबाट १ लाख ३० हजार रुपैया धनकुमारी गुरुङ, कौशिला गुरुङ र निला गुरुङ मार्फत, तमु धिं नेपालकी महासचिव समाजसेवी रुद्रकुमारी गुरुङ मैनाले ५ हजार रुपैयासहित २ सय जना विद्यार्थीलाई शैक्षिक सामग्री, तमु धिं नेपालकी केन्द्रीय सदस्य समाजसेवी हिरा गुरुङले ५ हजार र सिंगापुर पुलिसका चिफ इन्स्पेक्टर समाजसेवी हरी गुरुङले पाँचहजार गरी भुकम्प पीडित लाप्राक गुम्सीपाखा पुर्ननिर्माण समितिका उपाध्यक्ष आसबहादुर गुरुङ, समितिका सल्लाहकार मारसिंह गुरुङ र आमा समुहकी अध्यक्ष स्मृति गुरुङलाई सामुहिक रुपमा हस्तान्तरण गरिएको हो ।

earthquake help2

भुकम्प पीडितलाई राहतका लागि कञ्चनजङ्गा बोर्डिङ स्कुलका व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मी गुरुङले सञ्चालन गर्नुभएको राहत संकलन अभियानमा देश विदेशबाट प्राप्त राहत रकमबाट भुकम्प पीडित धेरै गाँउहरुमा राहत वितरण गरिदै आएको र लाप्राकमा भुकम्प पीडित राहत सहयोगको अन्तिम सहयोग स्वरुप १ लाख रुपैया, पोखरेली दिदि बहिनी समुह जापानका अध्यक्ष प्रमिला गौचन, उपाध्यक्ष भिमकुमारी गुरुङको पहलमा संकलित १ लाख ३० हजार रुपैया धनकुमारी गुरुङ, कौशिला गुरुङ, निला गुरुङले, भुकम्प पीडित धेरै ठाँउमा सहयोगीहरुबाट संकलित राहत तमु धिं नेपालका महासचिव रुद्रकुमारी गुरुङ मैनाले पाँच हजार सहित शैक्षिक सामग्री वितरणको क्रममा लाप्राक गुप्सीपाखामा पुग्नुभएको हो ।

राहत हस्तान्तरण गर्नुहुदै समाजसेवी लक्ष्मी गुरुङले भुकम्पको पीडामा आफ्नो पहलमा सक्दो सहयोग गर्नुपर्छ भन्ने भावनका साथ राहत संकलन र वितरण अभियानमा जुटेको बताउनुहुदै, आफुले राहत संकलन र वितरण कार्यबाट आत्मसन्तुष्टि मिलेको बताउनुभयो ।
तमु धिं नेपालकी महासचिव रुद्रकुमारी गुरुङ मैनाले भुकम्पको पीडालाई आफुहरुले संस्थागत र व्यक्तिगत अभियानहरु सञ्चालन गरी मल्हम पट्टि लगाउने पहल गरेको बताउनुहुदै गुप्सीपाखाबासीको अनुहारमा हाँसो देख्दा आफु अत्यन्तै हर्षित भएको बताउनुभयो । आफुहरु अझै पनि कसरी सहयोग गर्न सकिन्छ भन्ने सोंचमा रहेको उहाँको भनाई थियो । सहयोगी धनकुमारी गुरुङले जापानमा रहेका पोखरेली दिदिबहिनीको राहतको कोशेली भुकम्प पीडितलाई नै हस्तान्तरण गर्न पाउदा खुशी लागेको बताउनुभयो ।

गुप्सीपाखा बासीको तर्फबाट मन्तव्य व्यक्त गर्नुहुदै पुर्ननिर्माण समितिका सल्लाहकार मारसिंह गुरुङले सहयोगीहरुलाई धन्यवाद व्यक्त गर्नुहुदै पोखरेली र खासगरी तमु धिं नेपालको गुन आफुहरुले कहिल्यै नबिर्सने बताउनुभयो । उहाँले आफुहरु अझै कठिन अवस्था रहेको बताउनुहुदै सरकारका गम्भीर नभएको कारणले दुख पाएको आरोप समेत लगाउनुभयो । धेरै पहल पछि लाप्राकीलाई गुप्सीपाखामा बस्ने त भनेको छ तर फेरि पनि वर्षायाम शुरु हुने बेला भईसक्यो बासको व्यवस्था नभएको दुखेसो पोख्नुभयो ।
गुप्सीपाखास्थित आमा समुहकी अध्यक्ष स्मृति गुरुङले सहयोगीहरुलाई धन्यवाद दिनुहुदै धेरै सघ संस्थाले आफुहरुको पीडामा मल्हम पट्टि लगाए पनि सरकारले केही गर्ने इच्छाशक्ति नदेखाएको आरोप लगाउनुभयो । राहत हस्तान्तर कार्यक्रमको संचालन पत्रकार हुमबहादुर गुरुङले गर्नुभएको थियो ।

फागु पुर्णिमा भुकम्प पीडितको साथमा भन्ने भावनाका साथ गुप्सीपाखा पुगेको पोखरेली टोलीलाई गुप्सीपाखाबासीले भव्य स्वागत गरेका थिए भने भुकम्प पीडितसँगै पोखरेली टोलीले फागु खेलेर रमाइलो वातावरण बनेको थियो । यसरी नै भुकम्प पीडित गुप्सीपाखाबासी र राहत टोली सामुहिक नाचगान गर्दै रमाएका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button