चापापानीमा स्वास्थ्य शिविर सम्पन्न

  • पोखरा न्यूज
  • २०७२ चैत्र ११
Post Thumbnail

पोखरा, चैत्र ११ – 

‘सेवाको भावना हाम्रो चाहना’ भन्ने नाराका साथ संचालित मार्फा थकाली युवा सञ्जालको आयोजना र युनाइटेड रेफरेन्स ल्याबोरेटरीको प्राविधिक सहयोगमा बिहिबार पोखराको चापापानीमा नि ः शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ मुटुरोग विशेषज्ञ डा. गोपी हिराचनले मुटुरोग, मृगौला, मधुमेह, स्तन क्यानसर का रोगिहरु दिन प्रति दिन बढ्दै गइरहेकोले यी रोगहरु सम्बन्धी जनचेतना फैलाउन अत्यन्तै जरुरी रहेको बताउनुभयो । उहाँले रोग लागिसके पछि उपचार गराउने प्रवृत्ति धेरै बढेको बताउँदै रोग लाग्नु भन्दा अगाडी नै हामी सचेत हुनुपर्नेमा जोड दिनुभयो । रोगबाट बच्नको लागि हामीले खानपानमा ध्यान दिनुपर्ने, नियमित व्यायाम गर्ने, डाक्टरको सल्लाह विना कुनै पनि औषधी सेवन गर्न नहुने सल्लाह दिनुभएको थियो ।

मार्फा थकाली युवा सञ्जालका अध्यक्ष देवकुमारी हिराचनले समाजमा सेवा गर्नु यस संस्थाको मुख्य उदेश्य रहेको बताउँदै स्थापनाकाल देखि नै विभिन्न कार्यक्रम मार्फत समाजमा सेवा गरिरहेको बताउनुभयो । उहाँले सेवाको भावना हाम्रो चाहना भन्ने नारालाई आत्मासाथ गर्दै आगामी दिनमा पनि अगाडी बढ्ने बताउनुभयो ।

कार्यक्रममा युनाइटेड रेफरेन्स ल्याबोरेटरीका म्यानेजिङ डाइरेक्टोर ठाकुर पन्तले मानिसहरुले आफुलाई लागेको रोग लुकाउने हुँदा समय सँगै सानो रोगले पनि बिकराल रुप लिन सक्ने भन्दै समयमा नै स्वास्थ्य परिक्षण गर्नुपर्ने बताउनुभयो ।

स्वास्थ्य शिविरमा डा.गोपी हिराचन, डा.सुविता लालचन ज्वारचन, डा.विष्णु ज्वारचन, डा.स्मृति लालचन, डा.संजी लालचन, डा. निरु हिराचन, डा. सुजिता हिराचन लगायतको टोलीले मुटुरोग, स्तन क्यान्सर सम्बन्धी, दन्त रोग, मृगौला र मधुमेहको निःशुल्क परीक्षण गरेका थिए भने परिक्षणमा ३०० जनाको स्वास्थ्य परिक्षण गरिएको थियो । सोहि अवसरमा संस्थाको टेलिफोन डारेक्कटरीको लोकापर्ण पनि गरिएको थियो ।

कार्यक्रममा मार्फा थकाली समाजका अध्यक्ष लक्ष्मण लालचन, समाजका पुर्व अध्यक्ष ईश्वर लाल हिराचन, समाजसेवी नरेन्द्रमान लालचन, राजेन्द्र कुमार लालचन, विरेन्द्र हिराचन, उद्योगी पुर्ण लाल हिराचनले बोल्नुभएको थियो भने स्वागत मन्तब्य सञ्जालका उपाध्यक्ष सुकु हिराचन गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन सञ्जालका सचिव सुशिल ज्वारचनले गर्नुभएको थियो ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस