गोर्खाज् वचत तथा ऋण सहकारीले अन्तर सहकारी डबल व्याडमिण्टन प्रतियोगिता गर्ने

पोखरा, १२ चैत्र –

पोखरा १० बुद्ध चोकमा रहेको गोर्खाज् वचत तथा ऋण सहकारी संस्थाले दोश्रो कास्की जिल्ला अन्तर सहकारी डबल व्याडमिण्टन प्रतियोगिता २०७२ गर्ने भएको छ ।

५९ औं राष्ट्रिय सहकारी दिवसको उपलक्ष्यमा खेल खेलौं, सहकार्य गरौं, स्वस्थ्य बनौं नाराका साथ यही चैत्र २० देखि २२ गते सम्म पोखरा १७ मुस्ताङचोकस्थित सिरमोर फिटनेस सेन्टर(गल्फ स्कुल)मा दोश्रो संस्करणको कास्की जिल्ला अन्तर सहकारी डबल व्याडमिण्टन प्रतियोगिता हुने शुक्रवार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता संयोजक गोर्खा कम्युनिटी पोखराका अध्यक्ष मेजर लक्ष्मीप्रसाद गुरुङले जानकारी दिनुभयो ।

कास्कीका रहेका सहकारीहरु विच खेलकुद प्रतियोगिता मार्फत सम्बन्ध सुदृढ बनाउने उद्धेश्यका साथ आयोजना गरिने प्रतियोगितामा एक सहकारीबाट डबल टिम इभेन्ट्समा ३ टिम र संचालक समितिको एक टिमको सहभागीता हुनुपर्ने सोंपाल तमु समाज भवनमा आयोजित पत्रकार सम्मेलनमा बताइएको थियो ।

करिब ३० टिमको सहभागीता रहने अनुमान गरिएको प्रतियोगिताको अन्तर सहकारी टिम इभेण्टको प्रथमलाई १५ हजार रुपैया नगद सहित रनिङ् ट्रफी, मेडल र प्रमाणपत्र, दोश्रोलाई १० हजार, तेश्रोलाई ५ हजार रुपैया सहित मेडल र प्रमाणपत्रबाट पुरस्कृत गरिने भएको छ । यसरी नै अन्तर सहकारी सञ्चालक समितितर्फ प्रथम हुनेलाई ३ हजार, दोश्रोलाई २ हजार र तेश्रोलाई १ हजार रुपैयासहित मेडल र प्रमाणपत्रबाट पुरस्कृत गरिने प्रतियोगिता संयोजक मेजर लक्ष्मीप्रसाद गुरुङले बताउनुभयो । खेल टिटिको सिस्टम र नकाउटको आधारमा खेलाइने भएको छ भने टिम दर्ताका लागि सहभागी सहकारीले ५ हजार रुपैया दर्ता शुल्कसहित चैत्र १६ गते बेलुका ५ बजेसम्म दर्ता गराइसक्नु पर्ने आयोजक समितिले जनाएको छ ।

कास्की जिल्ला व्याडमिण्टन संघको प्राविधीक सहयोग रहने प्रतियोगिता सम्पन्न गर्नका लागि ३ लाख ५० हजार खर्च लाग्ने अनुमान आयोजक समितिको छ ।

पत्रकार सम्मेलन गोर्खाज बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष क्याप्टेन इन्द्रबहादुर गुरुङको अध्यक्षता र आयोजक समितिका सचिव भुपालजंग कँुवरको सञ्चालनमा भएको थियो ।

यस अघि २०७० सालमा आयोजित प्रथम कास्की जिल्ला अन्तर सहकारी व्याडमिण्टन प्रतियोगिताको उपाधि इमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेडले जितेको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button