स्याङजा, १२ चैत्र –
स्याङजको विरुवामा जारी महोत्सवमा तेश्रो दिन बहुचर्चित दोहोरी गायिका बिमा कुमारी दुराले गाउले पाराको गित गाउदा महोत्सवमा आएका दर्शकहरुले भरपुर मनोरञ्जन प्राप्त गरे । प्रायजसो महोत्सवमा आधुनिक ढंगका गायक गायिकाले प्रस्तुती दिदा नाचेर मनोरञ्जन लिने दर्शकले शुक्रबार स्याङजाको बिरुवामा जारी महोत्सवमा भने दर्शकहरु मौन देखिन्थे ।
महोत्सवमा माइक लिएर अगाडी वढेर बिमा कुमारी दुराले लम्जुङ दुर्लुङकोट भन्ने गाउले पाराको गीतबाट आफ्नो प्रस्तुती अगाडी वढाउदै जव सम्झी फर्क साइलो दाइ आफ्नै गाउघर भन्ने गीत गाउदा महोत्सवमा उपस्थित अधिकांश आमाहरु आफ्ना विदेशीएका छोरालाई सम्झेर भक्कानो छुटाएर रोए । हुन पनि अहिले अधिकाश युवाहरु विदेशी भुमिमा पसिना बगाएर गाउघरनै शुन्य भएको परिप्रेक्षमा दुराले गाएको गितले आमाहरु संगै आफ्ना पति बिदेश गएका महिलाहरुको मन छुनेनै भयो ।
स्याङजाबाट झण्डै २२ किलोमिटर टाढा पर्ने गाउले परिवेशको बिरुवा बजारमा जारी महोत्सवमा गाउका मानिसहरु उपस्थित थिए । दुराले इराकको घटनामा आधारित गीत गाउदा आशु नबगाउने दर्शक कमै देखिन्थे । हुन पनि अहिले गुमनाम रहेकी बिमाकुमारी कुनै बेला अतिनै चर्चित गायिका हुन । उनको गीत नसुन्ने कमै मानिस होला गाउघरमा ।दुराले आफ्नो प्रस्तुतीको अन्तिममा झल्को आउछ क्यौरानी पाखाको भन्ने गीत गाउदा गाउबाट महोत्सवमा झरेका अधिकांश दर्शकले यस्तो पो गायिका भनेर हौसला प्रदान गरेका थिए ।
आफ्नो प्रस्तुती पछि गायिका दुराले स्याङजा लोकदोहोरी गायक गायिका उत्पादन गर्ने थलो भएको वताउदै आफुले पनि स्याङजाको बारेमा धेरै गीत गाएको वताउदै कुना कन्दरामा लुकेर रहेका प्रतिभाहरुलाई अगाडी सार्नुपर्नेमा जोड दिइन ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution