पोखरा, १२ चैत्र –
नारायणी यातायात व्यवसायी संघले शनिवारदेखि पोखरामा कार्यालय एवं बाग्लुङ—पोखरा—नारायणगढको टिकट काउण्टर सञ्चालनमा ल्याउने भएको छ ।
हेटौंडामा मुख्य कार्यालय रहेको नारायणी यातायात व्यवसायी संघले पोखरा ९, पुरानो बसपार्कमा शाखा कार्यालयका साथै टिकट काउण्टर शनिवारदेखि सञ्चालनमा ल्याउने संघका सहायक फिल्ड इञ्चार्ज राजन कार्कीले जानकारी दिनुभयो ।
विगतदेखि पृथ्वी राजमार्ग बस व्यवसायी समितिसँग नारायणी यातायात व्यवसायी समितिले पन्ध्र पन्ध्र क्युको सहमतिमा सहकार्य गरे पनि केही दिन अघि पृथ्वी राजमार्ग बस व्यवसायी समितिले नारायणगढमा एकल काउण्टर स्थापना गरेकाले आफुहरुले पोखरामा शाखा तथा काउण्टर स्थापना गर्नुपर्ने अवस्था आएको कार्कीले बताउनुभयो ।
विसवर्ष अघिदेखि यातायात सेवामा जुटेको नारायणी व्यवसायी संघलाई विगतमा पन्ध्र पन्ध्र क्यु सहमतिमा पृथ्वीराजमार्ग बस व्यवसायी समितिको व्यवहार पुर्वाग्रही रहेको र आफुले आफ्नो क्षेत्रबाट सहयोग गर्दा पनि नारायणगढमा एकल काउण्टर स्थापना पनि यातायात सेवामा सिण्डिकेट लाद्ने प्रयत्न भएकाले पोखरामा शाखा र काउण्टर स्थापना गर्नुपरेको सहायक फिल्ड इञ्चार्ज राजन कार्कीको भनाई छ ।
विगतमा नारायणी यातायातले गण्डकी धवलागिरीमा नारायणगढ—पोखरा ८, नारायणगढ—बाग्लुङ १०, नारायणगढ—बेशीशहर २, नारायणगढ—गोरखा २, र नारायणगढ—कार्कीनेटन १ बसले दैनिक सेवा प्रदान गर्दै आएको कार्कीले जानकारी दिनुभयो ।
प्रभावकारी सेवा प्रदान गर्नका लागि पोखरामा शाखा र काउण्टर शुरु गरेको बताउनुहुदै काउण्टरमा ७ जना कर्मचारीले रोजगारी पाउने उहाँले बताउनुभयो
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution