पोखरा, १३ चैत्र –
पर्यटकीय पोखरा र सिंगो नेपाललाई भारतीय बजारमा प्रबद्र्धन गर्ने उद्धेश्यका साथ शनिबारबाट चलिए पोखरा अभियान सुरु भएको छ ।
पश्चिमाञ्चल होटल संघ पोखराले नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा छ दिने यो अभियान अगाडि बढाएका हुन् । चार वर्ष अघि संघकै पहलमा सुरु भएको अभियानको प्रभाव राम्रो देखिएपछि अभियानलाई यो पटक पनि निरन्तरता दिइएको संघका अध्यक्ष भरतराज पराजुलीले जानकारी दिए ।
बोर्डर टाउन सेल्स मिसन नाम दिइएको अभियानले उत्तर भारतका लखनउ, कानपुर, गोरखपुर र बाराणासी जस्ता शहरलाई समेट्ने अभियानका संयोजक एवं संघका निवर्तमान अध्यक्ष हरिप्रसाद शर्मा गैह्रेले जानकारी दिए ।
विगत केही वर्षदेखि बोर्डर टाउन सेल्स मिसन अन्तर्गत संचालित चलिए पोखरा अभियानले भूकम्प र नाकाबन्दीबाट थलिएको नेपाली पर्यटनलाई उकास्ने अपेक्षा गरिएको छ । अभियान अन्तर्गत होटलकर्मी, पर्यटनकर्मी र संचारकर्मी गरी २६ जनाको सहभागिता रहेको संघका महासचिव भेकेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution